झापामा बन्चरो प्रहार गरी आमाको हत्या

झापामा बन्चरो प्रहार गरी आमाको हत्या

झापा । झापाको कमल गाउँपालिकामा गएराती एक युवाले बन्चरो प्रहार गरी आफ्नै आमाको हत्या गरेका छन् । कमल गाउँपालिका–७ ठूलो बाह्रघरेका २४ वर्षीय दिनेश ऋषिदेवले आमा ५० वर्षीया मिराको हत्या गरेका हुन् । प्रहरीका अनुसार मादक पदार्थ सेवन गरेका दिनेश र आमाबीच राती करिब ८ बजे झगडा भएको थियो । सोही क्रममा दिनेशले बन्चरो र ढुंगा प्रहार गरेर आमाको हत्या गरेका हुन् । दिनेशको आक्रमणबाट आमाको टाउको र खुट्टामा च...
विराटनगरका कोरोना संक्रमित बृद्धको धरानमा मृत्यु

विराटनगरका कोरोना संक्रमित बृद्धको धरानमा मृत्यु

विराटनगर । विराटनगरका एक कोरोना संक्रमित बृद्धको आज धरानस्थित वीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको छ । विराटनगर–१२ का ७० वर्षीय कोरोना संक्रमित बृद्धको दिउँसो करिव साढे दुई बजे मृत्युु भएको हो । बिरामीलाई ज्वरो आउने, खोकी लाग्ने, श्वासप्रश्वासमा समस्या देखिएको र कोरोना संक्रमण पुष्टि भएपछि विराटनगरको म्याक्स अस्पतालबाट प्रतिष्ठानमा रेफर गरिएको थियो । उनलाई भदौ १७ गते प्रतिष्...
ईलाममा पोखरीमा डुबेर एक बर्षे नावालिकाको मृत्यु

ईलाममा पोखरीमा डुबेर एक बर्षे नावालिकाको मृत्यु

ईलाम । ईलामको माई नगरपालिका–२ सेली डाँडामा पोखरीमा डुबेर आज एक नाबालिकाको मृत्यु भएको छ । मध्यान्ह १२ बजे स्थानीय बिनोद राईकी १३ महिनाकी छोरी सबनमको पोखरीमा डुबेर मृत्यु भएको हो । घर छेउमै रहेको पोखरी नजिक खेल्ने क्रममा उनी चिप्लिएर पोखरीमा खसेकी थिईन् । पोखरीमा डुबेर घाईते भएकी नाबालिकालाई उपचारका लागि अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ईलामले जनाएको छ ।
बेलबारीका ३२ संक्रमित मध्ये २० जनाले जिते कोरोना

बेलबारीका ३२ संक्रमित मध्ये २० जनाले जिते कोरोना

बेलबारी । मोरङको बेलबारी नगरपालिकामा कोरोना संक्रमण पुष्टि भएका मध्ये २० जना निको भएका छन् । हालसम्म बेलबारीका ३२ जनामा संक्रमण पुष्टि भएको छ । जसमध्ये २० जना निको भएको बेलबारी नगरपालिका स्वास्थ्य शाखाका कर्मचारी सन्तोष विश्वकर्माले जानकारी दिए । बेलबारीका एक जना संक्रमितको मृत्यु भएको छ । बाँकी ११ जनाको उपचार भइरहेको छ । यसैबीच आइतवार बेलबारी नगरपालिकाका २३ जनाको स्वाब संकलन गरिएको छ । आइसोल...
प्रदेश १ मा ४४ संक्रमित थपिए

प्रदेश १ मा ४४ संक्रमित थपिए

विराटनगर । प्रदेश १ मा आईतबार ४४ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा ४१ तथा खोटाङ, उदयपुर र झापामा १/१ कोरोना संक्रमित थपिएका हुन् । मन्त्रालयका अनुसार विराटनगरका ३८ जनामा संक्रमण देखिएको छ । १८ महिला र २० पुरुषको रिपोर्ट पाजिटिभ आएको हो । मोरङको धनपालथानमा २ पुरुष, कटहरीमा १ पुरुष संक्रमित भएका छन् । खोटाङको साकेला गाउँपालिकामा १ पुरुष, उदयपुरको स्थानीय तह नखुलेका १ पुरुष र झापाको शिवसताक्...
झापाबाट ब्राउनसुगर र गाँजासहित ६ जना पक्राउ

झापाबाट ब्राउनसुगर र गाँजासहित ६ जना पक्राउ

झापा । झापाका छुट्टाछुट्टै तीन स्थानबाट लागुऔषध ब्राउनसुगर र गाँजासहित ६ जना पक्राउ परेका छन् । लागुऔषध नियन्त्रण ब्युरो काकडभिट्टाबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो । मेचीनगर नगरपालिका–१० का १८ बर्षीय बिशाल लिम्बु र मेचीनगर–१२ का २३ बर्षीय राजन श्रेष्ठलाई ८.५ ग्राम लागुऔषध ब्राउनसुगरसहित मेचीनगर नगरपालिका–१३ ईलाम रोडबाट प्रहरीले पक्राउ गरेको छ । मे.४ प.७७२६ नम्बरको मोटरसाईकलमा ...
धनकुटाका ढुंगानालाई आर्थिक सहयोग जुट्ने क्रम बढ्दै, एकैदिन डेढ लाख प्रदान

धनकुटाका ढुंगानालाई आर्थिक सहयोग जुट्ने क्रम बढ्दै, एकैदिन डेढ लाख प्रदान

धनकुटा । १५ महिना अघिदेखि ओछ्यान परेका धनकुटाका बोधराज ढुंगानालाई आर्थिक सहयोग जुट्ने क्रम बढ्दै गएको छ । मेरुदण्डमा पलाएको ट्यूमर र नसा च्यापिने समस्याको अप्रेशन गराउँदा पनि सुधार नभई ओछ्यान परेका ढुंगानालाई सहयोग गर्नेको संख्या बढ्दै गएको हो । चौबिसे गाउँपालिका–३ कुरुलेतेनुपाका ४० बर्षीय ढुंगाना अहिले धनकुटाको मदनचौकमा कोठा भाडामा बस्दै आएका छन् । जिल्ला अस्पतालमा सुरक्षागार्ड बसेर श्रीमतिसहि...
उदयपुरमा महिलाको हत्या

उदयपुरमा महिलाको हत्या

उदयपुर । उदयपुरको कटारी नगरपालिका–११ लखथुम्कामा एक महिलाको हत्या भएको छ । स्थानीय ४२ बर्षीया डोरकुमारी राउतको गएराती हत्या भएको हो । हत्या आरोपमा स्थानीय २५ बर्षीय रोशन मगरलाई प्रहरीले शनिवार बिहान पक्राउ गरेको छ । नशामा रहेका मगरले राउतलाई खुकुरी प्रहार गरी हत्या गरेको आरोप छ । लागुऔषध सेवन गरेका मगरले राउतलाई खुकुरी प्रहार गरेको स्थानीयले बताएका छन् । हत्याको कारण भने खुलेको छैन । खुकुरी प्रह...
प्रदेश १ मा थप ३ कोरोना संक्रमितको मृत्यु, ७७ संक्रमित थपिए, ५६ डिस्चार्ज

प्रदेश १ मा थप ३ कोरोना संक्रमितको मृत्यु, ७७ संक्रमित थपिए, ५६ डिस्चार्ज

विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टाको अवधिमा ३ जना कोरोना संक्रमितको मृत्यु भएको छ । कोरोना संक्रमित मोरङको विराटनगरका १ पुरुष, ग्रामथानकी १ महिला र सुनसरी रामधुनीका १ पुरुषको मृत्यु भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । योसँगै प्रदेश १ मा मृत्यु हुने कोरोना संक्रमितको संख्या ४७ पुगेको छ । यसैबीच प्रदेश १ मा शनिवार ७७ कोरोना संक्रमित थपिएका छन् । मोरङमा ६२, सुनसरीमा १४ र उदयपुरमा १ जना ...
पाँचथरमा १४ बर्षीया छात्रालाई बलात्कार गरेको आरोपमा स्कूलका प्रिन्सिपल पक्राउ

पाँचथरमा १४ बर्षीया छात्रालाई बलात्कार गरेको आरोपमा स्कूलका प्रिन्सिपल पक्राउ

ताप्लेजुङ । छात्रालाई बलात्कार गरेको आरोपमा पाँचथरको फिदिम नगरपालिकास्थित निलकण्ठ भोकेसनल बोर्डिङ स्कुलका प्रिन्सिपल कुलराज सुब्बा पक्राउ परेका छन् । छात्राबासमा बस्ने आफ्नै स्कूलकी १४ बर्षीया छात्रालाई जबरजस्ती करणी गरेको आरोपमा प्रिन्सिपल सुब्बालाई प्रहरीले पक्राउ गरेको हो । पीडित छात्राले आफुमाथि प्रिन्सिपल सुब्बाले बलात्कार गरेको भन्दै जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएकी छन् । उजुरीमा गृहक...
कोशी अस्पताललाई निजी क्षेत्रबाट पुनः अर्को पीसीआर मेसिन प्रदान

कोशी अस्पताललाई निजी क्षेत्रबाट पुनः अर्को पीसीआर मेसिन प्रदान

बिराटनगर । कोरोना संक्रमण बढिरहेका बेला बिराटनगरस्थित कोशी अस्पताललाई निजी क्षेत्र एवं नागरिक स्तरबाट पुनः अर्को पीसीआर मेसिन प्रदान गरिएको छ । शुक्रबार एक कार्यक्रमकाबीच आए.एन.ए.एक्स्ट्राक्सन मेसिन कोशी अस्पताललाई हस्तान्तरण गरिएको हो । निजी क्षेत्रका तर्फबाट उद्योग संगठन मोरङका अध्यक्ष भीम घिमिरे, मोरङ व्यापार संघका बिशेष सल्लाहकार सुनिल टिवडेवाल र नागरिक समाजका तर्फबाट अरुण न्यौपाने लगायतले ...
धरानमा कोरोना संक्रमित कैदीको मृत्यु

धरानमा कोरोना संक्रमित कैदीको मृत्यु

धरान । धरानस्थित वीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शुक्रबार साँझ एक कोरोना संक्रमित कैदीको मृत्यु भएको छ । सुनसरीको रामधुनी–५ झुम्काका ४३ बर्षीय कोरोना संक्रमित पुरुष कैदीको साँझ करिव साढे चार बजे मृत्यु भएको हो । एक वर्ष अघिदेखि झुम्का कारागारमा रहेका ती पुरुषलाई दश दिनदेखि ज्वरो आएको र दुई दिनदेखि खोकी लाग्ने र श्वासप्रस्वासमा समस्या देखिएको थियो । जिल्ला अस्पताल ईनरुवाले रेफर गरेर ...
मालपोत कार्यालय मोरङमा घरजग्गा व्यवसायीको धर्ना, कित्ताकाट तत्काल सुरु गर्न माग

मालपोत कार्यालय मोरङमा घरजग्गा व्यवसायीको धर्ना, कित्ताकाट तत्काल सुरु गर्न माग

विराटनगर । घरजग्गा कारोवार व्यवसायीहरुले शुक्रबार भूमिसुधार तथा मालपोत कार्यालय मोरङमा एक घण्टा धर्ना दिएका छन् । सरकारले कित्ताकाट खुल्ला गर्ने निर्णय गरेको भएपनि कार्यान्वयन नभएको भन्दै उनीहरुले मालपोत कार्यालयमा धर्ना दिएर कार्यालयको काम बन्द गराएका हुन् । घरजग्गा कारोवार व्यवसायी संघ मोरङको अगुवाईमा मालपोत कार्यालय गएर बिहान ११ देखि १२ बजेसम्म कार्यालयमा धर्ना दिईएको संघका अध्यक्ष घनश्याम प...
प्रदेश १ मा थपिए १ सय १९ कोरोना संक्रमित, ६६ जना डिस्चार्ज

प्रदेश १ मा थपिए १ सय १९ कोरोना संक्रमित, ६६ जना डिस्चार्ज

विराटनगर । प्रदेश १ मा शुक्रबार १ सय १९ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा ४७, सुनसरीमा ४५, झापामा १४, संखुवासभामा १२ र उदयपुरमा १ जना कोरोना संक्रमित थपिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । विराटनगरका थप ३२ जनामा संक्रमण देखिएको छ । १२ महिला र २० पुरुषको रिपोर्ट पोजिटिभ आएको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार मोरङको धनपालथानमा १ महिला ८ पुरुष, रंगेलीमा २ पुरुष, ग्रामथानमा १ महि...
उदयपुरमा करेन्ट लागेर एक जनाको मृत्यु

उदयपुरमा करेन्ट लागेर एक जनाको मृत्यु

उदयपुर । उदयपुरमा करेन्ट लागेर आज एक जनाको मृत्यु भएको छ । चौदण्डीगडी नगरपालिका-५ की ६१ बर्षीया सिलमन्ती चौधरीको करेन्ट लागेर मृत्यु भएको हो । बिहान करिव ८ बजे पानी तान्ने मोटर चलाउने क्रममा उक्त मोटरमा जडान गरिएको तारबाट करेन्ट लाग्दा चौधरीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।
झापालाई केन्द्रबिन्दु बनाएर भूकम्पको धक्का

झापालाई केन्द्रबिन्दु बनाएर भूकम्पको धक्का

झापा । झापाको बाहुनडाँगीलाई केन्द्रबिन्दु बनाएर आज बिहान भूकम्प गएको छ । बाहुनडाँगीस्थित नेपाल भारत सीमा क्षेत्रलाई केन्द्रबिन्दु बनाएर बिहान ९ः३० बजे ५ रेक्टरस्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । पूर्वी नेपालका अधिकांस जिल्लामा भूकम्पको धक्का महसुस भएको छ । क्षतिको विवरण भने हालसम्म प्राप्त भएको छैन ।
मन्त्री घिमिरेको कोरोना रिपोर्ट पुनः पोजिटिभ

मन्त्री घिमिरेको कोरोना रिपोर्ट पुनः पोजिटिभ

विराटनगर । प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेको पीसीआर रिपोर्ट पुनः पोजिटिभ आएको छ । कोरोनाको लक्षण देखिएको दुईसातापछि गरिएको पीसीआर परीक्षण रिपोर्ट आज पुनः पोजिटिभ आएको प्रदेश जनस्वास्थ्य प्रयोगशालाले जनाएको छ । स्वास्थ्य अवस्था सामान्य हुँदै गएको र कोरोनाको लक्षणहरु हराउँदै गएकाले पुनः परीक्षण गरिएको थियो । मन्त्री घिमिरेलाई रुघाखोकी, जिउदुख्ने लक्षणबाहेक डाईरिया, टाउको दुख्ने, ज्...
प्रदेश १ का थप ८४ जनामा कोरोना संक्रमण

प्रदेश १ का थप ८४ जनामा कोरोना संक्रमण

विराटनगर । प्रदेश १ मा बिहिबार थप ८४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । १ हजार ५ सय ११ जनाको पीसीआर परीक्षण गर्दा ८ जिल्लाका २३ महिला र ६३ पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । संक्रमण पुष्टि हुँनेमा सुनसरीका २३, संखुवासभाका २२, मोरङका १६, झापाका १२, पाँचथरका ४, भोजपुरका ३ तथा उदयपुर र इलाममा दुई/दुई जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । सुनसरीको इटहरीमा ८ महिला ६ पुरुष, दुहवीमा १ ...
धनकुटामा चार जनाबाट बलात्कृत १४ बर्षीया बालिकाले जन्माईन् बच्चा, बाबु छुट्याउँन मुस्किल

धनकुटामा चार जनाबाट बलात्कृत १४ बर्षीया बालिकाले जन्माईन् बच्चा, बाबु छुट्याउँन मुस्किल

धनकुटा । चार जनाबाट पटक–पटक यौन शोषणमा परेर गर्भवती भएकी धनकुटा नगरपालिकाकी १४ बर्षीया दलित बालिकाले बच्चा जन्माएकी छन् । यौनशोषणको घटना सार्वजनिक भएपछि महिला पुनः स्थापना सेवा केन्द्रको संरक्षणमा रहेकी बालिकाले अबैध गर्भबाट छोरी जन्माएकी हुन् । ४ महिना अघिदेखि पुनःस्थापना सेवा केन्द्रमा रहेकी बालिकालाई सुत्केरी वेथा लागेपछि आईतवार जिल्ला अस्पताल लगिएको थियो । तर, पेटमा बच्चा उल्टो रहेकाले जिल्...
भोजपुरमा भाउजुको हत्या आरोपमा देवर पक्राउ

भोजपुरमा भाउजुको हत्या आरोपमा देवर पक्राउ

भोजपुर । भोजपुरको टेम्केमैयुङ गाउँपालिकामा भाउजुको हत्या आरोपमा देवर पक्राउ परेका छन् । भाउजुलाई कुटपिट गरी हत्या गरेको आरोपमा टेम्केमैयुङ–५ खावाका ३५ वर्षीय राजकुमार राईलाई प्रहरीले पक्राउ गरेको हो । राईले ४८ वर्षीया भाउजु केशरमाया राईलाई मरणासन्न हुनेगरी कुटपिट गरेर हत्या गरेको आरोप छ । घटना भदौ २२ गते रातीको हो । प्रहरीका अनुसार घरायसी विवादमा राजकुमारले केशरमायालाई कुटपिट गरेर डिलबाट हुत्या...
प्रदेश १ मा थपिए १ सय ५४ कोरोना संक्रमित

प्रदेश १ मा थपिए १ सय ५४ कोरोना संक्रमित

विराटनगर । प्रदेश १ मा आज १ सय ५४ कोरोना संक्रमित थपिएका छन् । १ हजार ३ सय ७० जनाको पीसीआर परीक्षण गर्दा प्रदेश १ का ६३ महिला र ९२ पुरुषको रिपोर्ट पोजिटिभ आएको हो । मोरङका ८०, सुनसरीका ६०, भोजपुरका ५, धनकुटाका ४, झापाका ३ तथा ताप्लेजुङ र उदयपुरमा एक/एक जनामा कोरोना संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार आज विराटनगरका ७० जनामा संक्रमण देखिएको छ । संक्रमण देखि...
झापामा खोलाले बगाउँदा बालकको मृत्यु

झापामा खोलाले बगाउँदा बालकको मृत्यु

झापा । झापामा खोलाले बगाउँदा आज एक बालकको मृत्यु भएको छ । कनकाई नगरपालिका ९ मा रहेको बिरिङ खोलाले बगाउदा घैलाडुब्बाका १५ बर्षीय गोबिन्द साहको मृत्यु भएको हो । दिउँसो भैंसीलाई पानी खुवाउन खोलामा लगेका बेला उनलाई खोलाले बगाएको थियो । स्थानीयले खोलाबाट उद्धार गरी उपचारका लागि लैजादै गर्दा बाटोमै उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
धनकुटाका थप १४ जना कोरोनामुक्त, निको हुँनेको संख्या ३४ पुग्यो

धनकुटाका थप १४ जना कोरोनामुक्त, निको हुँनेको संख्या ३४ पुग्यो

धनकुटा । धनकुटाका थप १४ जना कोरोना संक्रमित निको भएर आज डिस्चार्ज भएका छन् । सदरमुकामको औद्योगिक ग्राममा निर्माण गरिएको आईसोलेशनमा उपचाररत १४ जना संक्रमित पुरुष निको भएर डिस्चार्ज भएका हुन् । जिल्ला प्रहरी कार्यालयमा कार्यरत आठ जना प्रहरी, टेलिकममा कार्यरत चार जना, धनकुटा बजारका एक व्यापारी र एनआईसी एसिया बैंकमा कार्यरत एक कर्मचारी कोरोनामुक्त भएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख तुलसी गुराग...
धनकुटाका थप तीन जनामा कोरोना संक्रमण

धनकुटाका थप तीन जनामा कोरोना संक्रमण

धनकुटा । धनकुटाका थप तीन जनामा आज कोरोना संक्रमण पुष्टि भएको छ । धरानस्थित बीपी कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा पीसीआर परीक्षण गर्दा चौबिसे गाउँपालिका–७ मौनाबुधुकका दुई पुरुष र एक महिलामा कोरोना संक्रमण पुष्टि भएको हो । संक्रमण पुष्टि हुँनेमा २२ बर्षीया महिला, २३ बर्षीय पुरुष र ४० बर्षीय पुरुष छन् । उनीहरु तीनै जना आफन्त हुन् । आफन्तको उपचारका लागि बिराटनगरको एक अस्पतालमा करिब १७ दिन बसे...
प्रदेश १ मा थपिए ७९ कोरोना संक्रमित, १६ जना डिस्चार्ज

प्रदेश १ मा थपिए ७९ कोरोना संक्रमित, १६ जना डिस्चार्ज

विराटनगर । प्रदेश १ मा आज ७९ कोरोना संक्रमित थपिएका छन् । १ हजार ६ सय १५ जनाको पीसीआर परीक्षण गर्दा ६ जिल्लाका ३६ महिला र ४४ पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । सुनसरीका ३७, मोरङका २२, झापाका १६, ओखलढुङ्गाका २ तथा इलाम र उदयपुरका एक/एक जनामा संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार सुनसरीको इटहरीमा १० महिला ८ पुरुष, दुहवीमा ४ महिला ८ पुरुष, कोशी गाउँपालिका...
मन्दिरबाट मुर्ती चोर्ने पक्राउ

मन्दिरबाट मुर्ती चोर्ने पक्राउ

सोलुखुम्बु । सोलुखुम्बुको दुधकुण्ड–८ चागेस्थानमा रहेको चागेस्थान मन्दिरको मुर्ती चोरी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही स्थानका ३५ बर्षीय रमेश मगर छन् । आईतबार दिउँसो करिब साढे १२ बजे मन्दिरबाट दुई वटा सिंहको मुर्ती हराएको थियो । खोजी गर्दा हराएको मुर्ती नभेटिएपछि मन्दिर व्यवस्थापन समितिले जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुमा खबर गरेका थिए । त्यसपश्चात अनुसन्धान थालेक...
प्रदेश १ मा थपिए १ सय ५५ कोरोना संक्रमित, ५२ जना डिस्चार्ज

प्रदेश १ मा थपिए १ सय ५५ कोरोना संक्रमित, ५२ जना डिस्चार्ज

विराटनगर । प्रदेश १ मा आज १ सय ५५ जना कोरोना संक्रमित थपिएका छन् । प्रदेश १ मा एकैदिन थपिएका मध्ये यो हालसम्मकै ठूलो संख्या हो । मोरङमा ६७, सुनसरीमा ६६, झापामा १५, पाँचथरमा ६ र उदयपुरमा १ जना कोरोना संक्रमित थपिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार विराटनगरका ५१ जनामा संक्रमण देखिएको छ । संक्रमण देखिएका मध्ये २० महिला र ३१ पुरुष छन् । मोरङको रतुवामाईमा ५ पुरुष, बेलबारीमा ५...
मोरङमा रुखको हाँगाले लागेर बालकको मृत्यु

मोरङमा रुखको हाँगाले लागेर बालकको मृत्यु

बिराटनगर । मोरङमा रुखको हाँगाले लागेर आज एक बालकको मृत्यु भएको छ । धनपालथान–३ चेकाटोलका बिजय ऋषिदेबका ६ बर्षीय छोरा बसिकरण ऋषिदेबको रुखको हाँगाले लागेर मृत्यु भएको ह । मध्यान्न १२ बजे बसिकरणका काका सुनिलले जंगलबाट रूखको हाँगा ल्याई घरमा राख्ने क्रममा आँगनमा खेलिरहेका उनलार्ई हाँगाले लागेको थियो । रुखको हाँगाले लागेर घाईते भएका उनको कर्सिया अस्पतालमा उपचारका क्रममा दिउँसो करिव पौने १ बजे मृत्यु ...
ताप्लेजुङमा पहिरोले पुर्दा २ जनाको मृत्यु, पहिरोले जलबिद्युत आयोजनाको पावर हाउस बगायो

ताप्लेजुङमा पहिरोले पुर्दा २ जनाको मृत्यु, पहिरोले जलबिद्युत आयोजनाको पावर हाउस बगायो

ताप्लेजुङ । ताप्लेजुङको सिरिजंघा गाउँपालिका–४ मा पहिरोले पुर्दा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुँनेमा स्थानीय ३० बर्षीय राजु लिम्बु र ५५ बर्षीय विष्णुदास थेवे छन् । गएराती परेको अविरल वर्षाका कारण आएको पहिरोले निर्माणाधिन नागदेवा लघु जलविधुत आयोजनाको पावर हाउस भवन बगाएको छ । सोही आयोजनाको पावर हाउसमा लिम्बु र थेवे अप्रेटरको काम गर्दै आएका थिए । पावर हाउसमै रहेको अवस्थामा पहिरोले पावर हाउस न...
साेलुखुम्बुको एकै गाउँका चार बालबालिका बेपत्ता

साेलुखुम्बुको एकै गाउँका चार बालबालिका बेपत्ता

साेलुखुम्बु । माप्य दुधकोशी गाउँपालिका-२ बासाका चार बालबालिका सम्पर्कविहीन भएका छन् । परिवारका अनुसार शनिबार साँझ ५ बजेदेखि उनीहरू सम्पर्कविहीन छन् । स्थानीय कृष्णबहादुर राईका छोरा १२ वर्षीय तुषण राई र आठ वर्षीय सुदीप राई, सोही गाउँका आङछिरि राईका सात वर्षीय छोरा फ्रान्सीस राई र साढे दुई वर्षीया छोरी सिजल राई बेपत्ता छन् । साँझपख खेल्न भनी घरबाट निस्केका उनीहरू नफर्किएको बासाखाली माध्यामिक विद...
धरानमा एकैदिन ७१ जनामा कोरोना संक्रमण पुष्टि, प्रदेश १ मा थपिए १४२ संक्रमित

धरानमा एकैदिन ७१ जनामा कोरोना संक्रमण पुष्टि, प्रदेश १ मा थपिए १४२ संक्रमित

विराटनगर । प्रदेश १ का थप १ सय ४२ जनामा आज कोरोना संक्रमण पुष्टि भएको छ । सुनसरीमा ७८, मोरङमा २९, झापामा २८, संखुवासभामा ६ र उदयपुरमा १ जना कोरोना संक्रमित थपिएका हुन् । प्रदेश १ मा १ हजार २ सय ६७ जनाको पीसीआर परीक्षण गर्दा ३१ महिला र ११२ पुरुषको पीसीआर रिपोर्ट पोजिटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार सुनसरीको धरानमा एकैदिन सबैभन्दा बढी ७१ जना कोरोना संक्रमित थपिएका ...
error: Content is protected !!