
विराटनगर । विराटनगरको नोबेल मेडिकल कलेज शिक्षण अस्पताल परिसरमा सञ्चालित न्युरो ओम क्याफेले खाद्य स्वच्छता र गुणस्तरमा ३ स्टार ‘अति उत्तम’ र ‘क’ वर्गको मान्यता पाएको छ ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले गरेको निरीक्षणका क्रममा क्याफेले स्वच्छता, खाद्य सुरक्षा, गुणस्तर तथा उचित व्यवस्थापनका विभिन्न मापदण्ड पूरा गर्दै उक्त मान्यता पाएको हो ।
अस्पतालमा उपचारका लागि आउने बिरामी, उनीहरूका कुरुवा, चिकित्सक, स्वास्थ्यकर्मी तथा सर्वसाधारण सेवाग्राहीलाई स्वच्छ, ताजा र स्वास्थ्यकर खाद्य पदार्थ उपलब्ध गराउँदै आएको क्याफेले यो उपलब्धि हासिल गरेको हो ।

संगालोखबर 



















