- संगालोखबर सम्वाददाता

धनकुटा । धनकुटा नगरपालिकाको टिमले सहिद रामकृष्ण श्रेष्ठ अन्तर पालिका महिला फुटबल प्रतियोगिताको उपाधि जितेको छ । धनकुटाको तल्लो टुँडिखेलमा आज भएको फाइनल खेलमा चौबिसे गाउँपालिकाको टिमलाई २-० गोल अन्तरले पराजित गर्दै धनकुटा नगरको टिमले उपाधि जितेको हो ।

Advertisement

धनकुटाको जितका लागि सन्ध्या रम्तेल र भूमिका राईले समान एक/एक गोल गरे । निर्धारित ९० मिनेटको खेलमा कुनै गोल गर्न नसक्दा चौबिसे उपविजेतामा सीमित बन्यो । उपाधिसँगै धनकुटा नगरपालिकाको टिमले नगद ६० हजार सहित ट्रफी मेडल र प्रमाण पत्र पाएको छ भने उपविजेता चौबिसेले नगद ३० हजारमा चित्त बुझाएको छ ।

अघिल्लो संस्करणमा पनि चौबिसे गाउँपालिकालाई पराजित गर्दै धनकुटा नगरपालिकाले उपाधि चुमेको थियो ।

फाइनल खेलको ओमन अफ दी म्याच धनकुटा नगरकी तीर्थकुमारी लिम्बू घोषित भइन् । प्रतियोगिताभर सात गोल गर्ने धनकुटा नगरपालिकाकी बिर्सना चौधरी सर्वाधिक गोलकर्ता बनिन् । बिजयी टिम तथा उत्कृष्ट खेलाडीहरूलाई धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङ, चौबिसे गाउँपालिकाका अध्यक्ष राजकुमार चेम्जोङ, आयोजक प्रतिष्ठानका अध्यक्ष ईश्वरबहादुर श्रेष्ठ लगायतले पुरस्कार प्रदान गरेका छन् ।

धनकुटा उद्योग वाणिज्य संघका अध्यक्ष विजय सन्तोषी राईले पनि उपाधि विजेता धनकुटाका खेलाडीहरूलाई एक/एक सेट जर्सी प्रदान गरेका छन् । सहिद रामकृष्ण श्रेष्ठ स्मृति प्रतिष्ठानको आयोजनामा चार दिनसम्म सञ्चालन भएको प्रतियोगितामा धनकुटाका सात वटै पालिकाका एक/एक टिमबीच उपाधिका लागि प्रतिष्पर्धा भएको थियो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!