- संगालोखबर सम्वाददाता

विराटनगर । विराटनगरमा शनिवारदेखि १ नं. प्रदेश स्तरीय प्रथम मिल्स भेट्रान्स गोल्डकप फुटबल प्रतियोगिता सुरु भएको छ । रानीस्थित मिल्स भेट्रान्स क्लबको आयोजनामा विराटनगर जुट मिलको खेल मैदानमा प्रतियोगिता सुरु भएको हो । जनता समाजवादी पार्टीका जिल्ला अध्यक्ष राजकुमार यादवले प्रतियोगिता उद्घाटन गरेका छन् ।

Advertisement

प्रतियोगिताको उद्घाटन खेलमा आयोजक मिल्स भेट्रान्स क्लब बिजयी भएको छ । दुलारी भेट्रान्स क्लब मोरङलाई ३–१ गोल अन्तरले पराजित गर्दै मिल्स भेट्रान्स क्लबले विजयी सुरुवात गरेको हो । मिल्स भेट्रान्सका लागि सन्तोष चोङवाङले दुई र प्रकाश पौडेल एक गोल गरे ।

आक्रमक रुपमा प्रस्तुत भएको मिल्स भेट्रान्सले खेल सुरुवातको १९ औं मिनेटमा प्रकाशको गोलबाट अग्रता लियो । प्रकाशले गोल गरेको १० मिनेटपछि मिल्सका सन्तोषले गोल गर्दै टिमलाई २–० को अग्रता दिलाए । दोस्रो हाफदेखि खेलमा सुधार गरेको दुलारी भेट्रान्स क्लबका खेलाडीहरुले गोल गर्ने थुप्रै अवसर खेर फाले ।

खेलको ३७ औं मिनेटमा मिल्स भेट्रान्सका सन्तोषले पुनः गोल थप्दै टिमको जित सुनिश्चित गरे । दुलारीका चुडामणी गौतमलले ५७ औं मिनेटमा सान्तवना गोल फर्काए । खेलको म्यान अफ दी म्याच मिल्स भेट्रान्सका गोलकर्ता खेलाडी सन्तोष घोषित भए ।

आइतबार हाम्रो धरान भेट्रान्स र दमक लखनपुर भेट्रान्सबीच खेल हुने आयोजक मिल्स भेट्रान्स क्लबका संयोजक मनोज खड्काले जानकारी दिए । प्रतियोगितामा प्रदेश १ का ११ टिम सहभागि छन् । प्रतियोगिताको बिजेताले ५१ हजार १ सय ११ र उप–बिजेताले ३१ हजार १ सय ११ रुपैयाँ पाउँने आयोजकले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!