- संगालोखबर सम्वाददाता

काठमाडौं । साफ महिला च्याम्पियनसिप फुटबलको फाइनलमा नेपाल बंगलादेशसँग पराजित भएको छ । सोमबार दशरथ रंगशालामा भएको खेलमा नेपाल बंगलादेशसँग ३–१ ले पराजित भएको हो ।

खेलको पहिलो हाफको १३ औं र ४१ औं मिनेटमा बंगलादेशले गोल गरेको थियो । दोस्रो हाफमा भने नेपालले एक गोल फार्कायो । खेलको ७० औं मिनेटमा नेपालको एक गोलपछि बंगलादेशको २–१ ले अग्रता थियो । पुनः गोल गर्दै बंगलादेशले ३–१ अग्रता लिएको थियो ।

सन् २०१६ को साफ फुटबलको फाइनलमा भारतसँग हारेको बंगलादेशले यो पकट नेपाललाई पराजित गर्दै च्याम्पियन बनेको हो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!