अजम्बरीले जित्यो सहिदकपको उपाधि
धनकुटा । साँगुरीगढीको फेदीस्थित अजम्बरी युवा क्लबले सहिदभूमि गाँउपालिका–१ सफाईटार लामेचौरमा सञ्चालित नवौं छिन्ताङ सहिदकप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । फाइनल खेलमा नाम्जे युवा क्लबलाई ३–२ गोल अन्तरले पराजित गर्दै अजम्बरी युवा क्लवले उपाधिमाथि कब्जा जमाएको हो ।
उपाधिसँगै अजम्बरी युवा क्लबले नगद १ लाखसहित ट्रफी, मेडल र प्रमाणपत्र पाएको छ भने उप–विजेता नाम्जे युवा क्लबले ५० हजारमा चित्त बुझा...































