सन्तोष सुवेदी/संंगालोखबर

धनकुटा । नबौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि धनकुटाबाट छनौट भएका खेलाडीहरूलाई विदाई गरिएको छ । जिल्ला खेलकुद विकास समितिले सोमबार खेलाडीहरूलाई विदाई गरेको हो ।

Advertisement

स्थानीय तल्लो टुँडिखेलमा भदौ ७ गतेबाट छनौट प्रतियोगिताहरू गरेर खेलाडी छान्न थालिएको थियो । फुटबल, भलिबल, एथ्लेटिक्स, ब्याडमिन्टन, टेबलटेनिस, कराते, उसु, तेक्वान्दो, बक्सिङ, कबडी, हाइटेक तेक्वान्दो, बुद्धिचाल, आई टी एफ, पौडी लगायत १५ खेलका खेलाडीहरू छनौट गरिएको छ ।

आगामी असोज २८ देखि कात्तिक २ गतेसम्म पोखरामा नबौं राष्ट्रिय खेलकुद प्रतियोगिता हुदैछ । जसका लागि धनकुटाबाट विभिन्न खेलमा पुरुष १२८ र महिला ८९ गरी २ सय १७ जना खेलाडी छनौट गरिएको जिल्ला खेलकुद विकास समितिका अध्यक्ष मनोज चाम्लिङ राईले जानकारी दिए ।

जिल्लाबाट छनौट भएका खेलाडीहरू प्रदेश स्तरीय प्रतियोगितामा भाग लिन जानेछन्, त्यसैका लागि जिल्लाबाट बिदाई गरिएको हो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!