- सन्तोष सुवेदी/संगालोखबर

धनकुटा । धनकुटामा महिला फुटबल प्रतियोगिता हुने भएको छ । सहिद रामकृष्ण श्रेष्ठ स्मृति प्रतिष्ठानले आज पत्रकार सम्मेलन गरेर सहिद श्रेष्ठको स्मृतिमा माघ २३ देखि २६ गतेसम्म प्रतियोगिता सञ्चालन गरिने जानकारी दिएको हो ।

चार दिनसम्म सञ्चालन हुने प्रतियोगितामा धनकुटाका सात वटै पालिकाका एक/एक टिम सहभागि हुने प्रतिष्ठानका अध्यक्ष ईश्वर श्रेष्ठले जानकारी दिए । प्रतियोगिताको विजेताले ६० हजार र उपविजेताले ३० हजार नगद पुरस्कार पाउनेछन् । गत वर्ष विजेतालाई ५० हजार र उपविजेतालाई २५ हजार पुरस्कार प्रदान गरिएको भएपनि यस वर्ष पुरस्कार राशि बढाइएको हो ।

वि.सं. २०३० चैत्र ३ गते तत्कालीन राजा विरेन्द्र विराटनगर आउँदा बम प्रहार गर्ने क्रममा श्रेष्ठको निधन भएको थियो । उनलाई २०४७ माघ ३ गते सरकारले सहिद घोषणा गरेको हो । श्रेष्ठको स्मृतिमा प्रतिष्ठानले २०७६ सालदेखि महिला फुटबल प्रतियोगिता सञ्चालन गर्दै आएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!