- संगालोखबर सम्बाददाता

विराटनगर । विराटनगरमा आज नेपाल खेलकुद महासङ्घको दोश्रो महाधिवेशन सुरु हुँदैछ । विराट नर्सिङ होम पूर्वको मैदानमा बिहान ११ बजेपछि महाधिवेशन उद्घाटन कार्यक्रम राखिएको छ ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले महाधिवेशन उद्घाटन गर्नेछन् । महासङ्घले शनिवार पत्रकार सम्मेलन गरेर महाधिवेशनको तयारी पुरा भएको जानकारी दिएको थियो । महाधिवेशन उद्घाटन समारोहमा कराँते, उसु, तेक्वान्दो, कबट्टी लगायत खेलहरू प्रदर्शन गरिनेछ । सन्थाल, चौधरी, धिमाल, उराव, राई, नेवार लगायत जातजातिको सांस्कृतिक झाँकी पनि प्रदर्शन गरिनेछ ।

उद्घाटन सत्र पश्चात साँझबाट मनासलु पार्टी प्यालेसमा बन्दसत्र सुरु हुने आयोजक समितिका संयोजक पर्शुराम बस्नेतले जानकारी दिए । महाधिवेशनमा ७७ वटै जिल्लाका प्रतिनिधि सहभागि हुनेछन् । २८ खेलसंघ प्रतिनिधि, ७ प्रदेश र १ उपत्यका विशेष प्रदेशका प्रतिनिधिहरू सहित ५३० प्रतिनिधि सहभागी हुने आयोजकले जनाएको छ ।

यसैबीच, महाधिवेशनकै अवसरमा आज बिहान विराटनगरमा ‘केपी ओली रोडरेस’ पनि गरिएको छ । महाधिवेशनलाई लक्षित गरेर नेफोस राष्ट्रिय ब्याडमिन्टन संघले विराटनगरमा राष्ट्रिय पुष्पलाल स्मृति ब्याडमिन्टन प्रतियोगिता पनि सञ्चालन गरेको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!