- संगालोखबर सम्वाददाता

विराटनगर । दोस्रो संस्करणको मिल्स क्रिकेट टि– २० प्रतियोगिताको उपाधि भारत विहारको राहुल ११ नरपथगञ्जले जितेको छ । विराटनगर जुट मिलको खेलमैदानमा शनिबार सम्पन्न फाइनल खेलमा एनबीएससी क्रिकेट क्लब विराटनगरलाई तीन विकेटले हराउँदै नरपथगञ्जले उपाधि जितेको हो । जितसँगै नरपथगन्जले १ लाख ११ हजार प्राप्त गरेको छ भने उपबिजेता विराटनगरले ५१ हजार रुपैयाँमा चित्त बुझाएको छ ।

१५८ रनको विजय लक्ष्य पछ्याएको नरपथगन्जले १८ दशवलम २ बलमा ७ विकेट गुमाई पुरा गर्यो । नरपथगञ्जका भानु आन्दले ३५ बलमा ६३ रनको अर्धशतीय ईङनिङ खेले । उनको ६ छक्का र ४ चौक्का प्रहार गरे । उत्कृष्ट प्रर्दशन गर्ने नरपथगञ्जका भानु म्यान अफ द फाइनल  घोषित भए, उनले ११ हजार पुरस्कार पाएका छन् ।

नरपथगञ्जका विजय भारतीले ३६ रन बनाउँदै अविजित रहे । साहिल कुमारले २५ रनको योगदान दिए । विराटनगरका विधान गोस्वामीले ३ दशवलम २ बलमा ३३ रन खिर्चिएर ४ विकेट लिए । साकिबुल गनीले २ विकेट र मोहित कुमारले १ विकेट लिए ।

यसअघि टस जितेर ब्याटिङ गरेको एनबीएससीले १९ ओभरमा अलआउट भइ १५७ रनमा सिमित भयो । विराटनगरका रोहन बिकेले ३५ बलमा ४४ रन बनाए । यस्तै प्रशान्त कुमारले २२ रन र विपिन सौरवले २१ रन बनाए । नरपथगञ्जका अमन सिंहले, सक्षम शर्मा, रबडा र साहिल कुमारले समान २/२ विकेट लिए ।

बेस्ट ब्याटर नरपथगन्जका अभिषेक पाठक भए । यस्तै बेस्ट बलर एनबीएससी विराटनगरका अनुभव श्रीवास्तव, प्लेयर अफ द सिरीज एनबीएससीका विधान गोस्वामी घोषित भए । उनीहरू सबैले जनही १५ हजार रुपैयाँ पाएका छन् । उदयमान खेलाडी मिल्स एकेडेमीका अभय कुर्मी भए । उनले पाँच हजार पाए ।

विजेता टिम तथा खेलाडीलाई क्यान केन्द्रीय कोषाध्यक्ष रोशन सिंह, क्यानका वरिष्ठ सल्लाहकार नरेश श्रेष्ठ, नेपाल खेलकुद महासंघकी केन्द्रीय सदस्य साना डंगोल, मिल्स क्रिकेट एकाडेमीका अध्यक्ष मुरारी चौधरीलगायतले पुरस्कार वितरण गरेका छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!