- संगालोखबर सम्वाददाता

धनकुटा । धनकुटाको सहिदभूमि गाउँपालिकामा सञ्चालित राष्ट्रपति रनिङशिल्ड प्रतियोगिताको उपाधि ठाकुरदेवी माध्यमिक विद्यालयले जितेको छ । आइतबार सम्पन्न प्रतियोगितामा सबैभन्दा बढी ८ स्वर्ण,  १ रजत र ५ काश्य पदकसहित ठाकुरदेवीले उपाधि जितेको हो ।

प्रतियोगितामा ४ स्वर्ण, ११ रजत र ३ काश्य पदक प्राप्त गर्दै पञ्चकृष्ण मावि द्वितीय बनेको छ भने ४ स्वर्ण, ७ रजत र ५ काश्य पदकसहित टपुदेवी माविले तृतीय स्थान हासिल गरेको छ । बिजयी टिमलाई गाउँपालिकाका अध्यक्ष मनोज राई, उपाध्यक्ष रत्नेश्वरी राई, गाउँपालिकाका शिक्षा शाखा प्रमुख मनोज कुमार पौडेल लगायतले पुरस्कृत गरेका छन् ।

सहिदभूमि गाउँपालिकाको आयोजनामा तीन दिनसम्म सञ्चालन भएको प्रतियोगितामा पालिकाभित्रका १३ माध्यमिक विद्यालयबीच प्रतिष्पर्धा भएको थियो । पालिकास्तरीय रनिङशिल्ड प्रतियोगितामा छनोट भएका टिमले अब जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा भाग लिन पाउनेछन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!