संगालोखबर सम्बाददाता

धनकुटा । धनकुटाको महालक्ष्मी नगरपालिका–७ जितपुरमा तेस्रो मेयर कप फुटबल प्रतियोगिता सुरु भएको छ । शनिबारबाट सुरु भएको प्रतियोगिताको मैत्रिपूर्ण उद्घाटन खेलमा महालक्ष्मीको जनप्रतिनिधि टिमलाई ३–० गोलले हराउँदै कर्मचारी टिम बिजयी भएको छ ।

Advertisement

मैत्रीपूर्ण खेल जितेको कर्मचारी टिमले २५ किलोको खसी पुरस्कार पाएको छ । कार्यक्रममा महालक्ष्मी नगरपालिकाका मेयर ध्रुवराज रायले पुरस्कार प्रदान गरेका छन् ।

बसन्त पञ्चमी मेलाको अवसर पारेर आयोजना गरिएको प्रतियोगिता माघ १२ गतेसम्म सञ्चालन हुनेछ । प्रतियोगिताको उपाधिका लागि १० टिम भिड्दैछन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!