- संगालोखबर सम्वाददाता

विराटनगर । अर्जेन्टिनाले विश्वकप फुटबलको उपाधि जितेको छ । फ्रान्सलाई टाइब्रेकरमा ४–२ गोल अन्तरले पराजित गर्दै अर्जेन्टिनाले उपाधिमाथि कब्जा जमाएको हो ।

निर्धारित र अतिरिक्त समयको खेल ३–३ गोलको बराबरीमा टुङ्गिएपछि खेल पेनाल्टीमा धकेलिएको थियो । पेनाल्टीमा अर्जेन्टिनाका लियोनल मेसी, पउलो डेबेला, लियोनार्पो पेरेडेस र गोन्जालो मोन्टेलले गोल गरे । फ्रान्सका लागि केयलिन एमबाप्पे र कोलो मुनीले गोल गरेपनि किङ्सली कोमनचोमेनी गोल गर्न चुक्दा फ्रान्स पराजित बन्यो ।

लियोनल मेसीले २३ औं मिनेटमा पेनाल्टीबाट पहिलो गोल गर्दै अर्जेन्टिनालाई सुरुवाती अग्रता दिलाएका थिए । ३६ औं मिनेटमा एन्जेल डि मारियाले दोस्रो गोल गर्दै अर्जेन्टिनालाई २–० को अग्रता दिए । फ्रान्सका लागि एमबाप्पेले ८० औं मिनेटमा पेनाल्टीबाट पहिलो गोल गरे । त्यसलगत्तै ८१ औं मिनेटमा एमबापेले पुनः अर्को गोल गर्दै खेललाई २–२ को बराबरीमा ल्याएका थिए ।

१०८ औँ मिनेटमा मेस्सीले पुनः अर्जेन्टिनालाई अग्रता दिलाए पनि एम्बाप्पेले पेनाल्टीमार्फत ह्याट्रिक गर्दै खेल ३–३ को बराबरीमा पुर्याएका थिए । त्यसपछि कुनै गोल हुन नसक्दा खेल पेनाल्टीबाट टुंग्याइएको हो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!