- संगालोखबर सम्बाददाता


विराटनगर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले खेलकुद क्षेत्रको विकासमा नेकपा एमालेको सँधै सहयोग रहने बताएका छन् । विराटनगरमा आइतबार नेपाल खेलकुद महासङ्घको दोस्रो राष्ट्रिय महाधिवेशन उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन् । 

एमालेले यसअघि पनि खेलकुद क्षेत्रका लागि सकारात्मक भूमिका निर्वाह गरेको भन्दै उनले आगामी दिनमा पनि यसलाई निरन्तरता दिइने बताए । आफू पनि खेलप्रेमी रहेको भन्दै ओलीले एमाले पनि खेलकुद क्षेत्रलाई माया गर्ने पार्टी भएको उल्लेख गरे ।

Advertisement

फरक प्रसङ्गमा ओलीले अनुशासन नभएका ब्यक्तिलाई खेल क्षेत्रमा नबस्न आग्रह पनि गरे । खेलकुद क्षेत्रको विकास गर्ने हो भने अनुशासन र इमान्दारिता हुनु पर्ने उनले बताए ।  कुनै ओहदामा भएर मात्र कसैले ताज र गोल्डेन बुट नपाउने भन्दै ओलीले इमान्दारिताका साथ  कर्मले सफलता प्राप्त हुने बताए ।

ओलीले पद पाउने कुराको होडमा नलागी  कामको उत्कृष्टतामा लाग्न आग्रह गरे । ‘कामले पद दिन्छ, काम गर्न सक्नु भएन भने पद जान्छ, उनले भने, पद क्षणिक हुन्छ कामले तपाईँलाई जीवन पर्यन्त सम्झाई रहन्छ ।’

खेलाडीलाई प्रोत्साहित गर्न, तालिम दिन तथा खेलाडीले प्रगतिमा केन्द्रित हुन खेलकुद महासङ्घलाई ओलीले सुझाव पनि दिए । उद्घाटन सत्र पश्चात साँझबाट महासङ्घको बन्दसत्र सुरु भएको छ । बन्दसत्रबाट नयाँ कार्यसमिति चयन हुने महासङ्घले जनाएको छ । 

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!