सन्तोष सुवेदी/संंगालोखबर

धनकुटा । धनकुटा नगरपालिका र चौबिसे गाउँपालिकाको टिम सहिद रामकृष्ण श्रेष्ठ अन्तर पालिका महिला फुटबल प्रतियोगिताको फाइनल प्रवेश गरेका छन् । धनकुटाको तल्लो टुँडिखेलमा बुधबार भएको सेमिफाइनल खेलमा बिजयी हुँदै दुवै टिम उपाधि नजिक पुगेका हुन् ।

Advertisement

सहिदभूमि गाउँपालिकालाई १-० गोलले पराजित गर्दै चौबिसे गाउँपालिका फाइनल प्रवेश गरेको हो । त्यस्तै, पाख्रीबास नगरपालिकालाई १२–० गोल अन्तरले हराउँदै धनकुटा नगरपालिका पनि उपाधि नजिक पुगेको हो । खेलको म्यान अफ दी म्याच चौबिसे गाउँपालिकाकी आसीका बोहोरा र धनकुटा नगरपालिकाकी बिर्सना चौधरी घोषित भए । अब, बिहीबार दिउँसो १ बजे हुने फाइनलमा धनकुटा र चौबिसे उपाधिका लागि भिड्नेछन् ।

सहिद रामकृष्ण श्रेष्ठ स्मृति प्रतिष्ठानको आयोजनामा गत सोमबारबाट सुरु भएको प्रतियोगितामा धनकुटाका सात वटै पालिकाका टिम सहभागि भएका थिए । प्रतियोगिताको विजेताले ६० हजार र उपविजेताले ३० हजार नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउने आयोजक रामकृष्ण श्रेष्ठ स्मृति प्रतिष्ठानका अध्यक्ष ईश्वर श्रेष्ठले जानकारी दिए ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!