सन्तोष सुवेदी/संंगालोखबर

धनकुटा । धनकुटामा सञ्चालित विद्यालय स्तरीय फुटबल प्रतियोगितामा प्रावितर्फ त्रिवेणी स्कुल र मावितर्फ निजामती स्कुलले उपाधि जितेका छन् । पहिलो चरणमा भएको प्रावितर्फको खेलमा निजामती आवासीय विद्यालयलाई १–० गोल अन्तरले पराजित गर्दै त्रिवेणी माध्यमिक विद्यालयले उपाधि जितेको हो ।

Advertisement

उपाधिसँगै त्रिवेणीले १० हजार १ सय ११ र उपविजेता निजामतीले ५ हजार १ सय ११ रुपैयाँ नगद पुरस्कार पाए । त्यस्तै दोस्रो चरणको खेलमा गोकुण्डेश्वर बालमन्दिर माविलाई २–० गोल अन्तरले हराउँदै निजामती आवासीय विद्यालयले उपाधि जित्न सफल भएको हो ।

उपाधिसँगै निजामतीले नगद १५ हजार १ सय ११ रुपैयाँ पुरस्कार पाएको छ भने उपविजेता गोकुण्डेश्वर बालमन्दिरले नगद ७ हजार १ सय ११ रुपैयाँ हात पारेको छ । विजेता टिम र खेलाडीलाई धनकुटा नगरपालिकाका उपप्रमुख भीमा खनाल, आयोजक न्यु नव प्रभात क्लबका अध्यक्ष गोविन्द राई, धनकुटा फुटबल क्लबका अध्यक्ष मणिकुमार चेम्जोङ लगायतले पुरस्कार वितरण गरेका थिए ।

न्यु नव प्रभात क्लबको आयोजनामा मंसिर २० गतेदेखि ५ दिनसम्म सञ्चालन भएको विद्यालय स्तरीय फुटबल प्रतियोगितामा धनकुटा नगर क्षेत्रका ११ टिमबीच प्रतिष्पर्धा भएको थियो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!