नरपथगञ्जले जित्यो मिल्स टि–२० क्रिकेटको उपाधि

नरपथगञ्जले जित्यो मिल्स टि–२० क्रिकेटको उपाधि

विराटनगर । दोस्रो संस्करणको मिल्स क्रिकेट टि– २० प्रतियोगिताको उपाधि भारत विहारको राहुल ११ नरपथगञ्जले जितेको छ । विराटनगर जुट मिलको खेलमैदानमा शनिबार सम्पन्न फाइनल खेलमा एनबीएससी क्रिकेट क्लब विराटनगरलाई तीन विकेटले हराउँदै नरपथगञ्जले उपाधि जितेको हो । जितसँगै नरपथगन्जले १ लाख ११ हजार प्राप्त गरेको छ भने उपबिजेता विराटनगरले ५१ हजार रुपैयाँमा चित्त बुझाएको छ । १५८ रनको विजय लक्ष्य पछ्याएको नरपथग...
चैत अन्तिममा चौबिसे कप फुटबल प्रतियोगिता हुने

चैत अन्तिममा चौबिसे कप फुटबल प्रतियोगिता हुने

धनकुटा । धनकुटाको राजारानीमा चैत २८ गतेबाट चौबिसे कप फुटबल प्रतियोगिता हुने भएको छ । चौबिसे गाउँपालिकाले शनिवार कार्यक्रम गरेर पुरुष तथा महिला फुटबल प्रतियोगिता गर्ने तयारी भइरहेको जानकारी दिएको हो । बैशाख १ गतेसम्म सञ्चालन हुने चौथो संस्करणको प्रतियोगितामा आठ वडाका महिला र पुरुषका १६ टिम सहभागि हुने चौबिसे गाउँपालिका अध्यक्ष राजकुमार चेम्जोङले जानकारी दिए । कार्यक्रममा गत बर्षको उपाधि बिजेता च...
विराटनगर महानगरले क्रिकेटर राजवंशी र कँडेललाई जनही एक लाख दिएर गर्यो सम्मान

विराटनगर महानगरले क्रिकेटर राजवंशी र कँडेललाई जनही एक लाख दिएर गर्यो सम्मान

विराटनगर । विराटनगर महानगरपालिकाले दुईजना क्रिकेट खेलाडीलाई नगदसहित सम्मान गरेको छ । शहीद रङ्गशालामा आयोजित विशेष समारोहमा महानगरले विराटनगर–१४ निवासी क्रिकेटर ललित राजवंशी र दीपेश कँडेललाई जनही एक/एक लाखसहित सम्मान गरेको हो । हालै सम्पन्न डिभिजन–२ क्रिकेटमा राजवंशीले उत्कृष्ट प्रदर्शन गर्दै नेपाललाई विश्वकप क्रिकेटको छनौट (क्वालिफायर) मा पु¥याउन महत्वपूर्ण योगदान गरेका थिए । उत्कृष्ट खेल प्रस्...
झापाले जित्यो रामनवमी कप भलिबलको उपाधि

झापाले जित्यो रामनवमी कप भलिबलको उपाधि

धनकुटा । धनकुटाको हिलेमा सञ्चालित १६ औं रामनवमी कप भलिबल प्रतियोगिताको उपाधि झापाले जितेको छ । बिहीबार भएको फाइनल खेलमा भोजपुरलाई पराजित गर्दै झापाले उपाधि हात पारेको हो । झापाले २१–२५, २५–२०, २५–२१ र २५–२१ को सेटले भोजपुरलाई पराजित गरेको हो । उपाधिसँगै झापाले नगद एक लाख, ट्रफी, मेडल र प्रमाणपत्र हात पारेको छ भने उपविजेता भोजपुरले नगद ५० हजारमा चित्त बुझाएको छ । त्यस्तै सुनसरीलाई तिन दुइको सेट...
६१ वर्षपछि विराटनगर सिटीलाई विराट गोल्डकपको उपाधि

६१ वर्षपछि विराटनगर सिटीलाई विराट गोल्डकपको उपाधि

विराटनगर । ६ दशकपछि घरेलु टोली विराटनगर सिटीले विराट गोल्डकपको उपाधि जितेको छ । सहिद रङ्गशालामा बिहीबार राती भएको रात्रिकालीन गोल्डकपको फाइनलमा पाहुना टोली भारत केरलाको लुका सकर क्लबलाई ४-० गोलले हराउँदै विराटनगरले सातौँ संस्करणको उपाधि जितेको हो । २०१८ सालको महेन्द्र गोल्डकपको पहिलो संस्करणमा तत्कालीन आयोजक मोरङ ११ उपविजेता र एलेभेन ज्वेल्स कोलकाता विजेता बनेको थियो । २०१९ सालमा आयोजक मोरङ ११ ...
मोरङ कांग्रेसको खेलकुद तथा युवा विभागमा पाँच सदस्य मनोनित

मोरङ कांग्रेसको खेलकुद तथा युवा विभागमा पाँच सदस्य मनोनित

विराटनगर । नेपाली कांग्रेस मोरङको खेलकुद तथा युवा विभागले पाँच जनालाई सदस्यमा मनोनित गरेको छ । विभागका प्रमुख तथा मोरङ कांग्रेसका जिल्ला सदस्य प्रकाश दाहालले सदस्य मनोनित गरेका हुन् । दाहालका अनुसार नेपाल टेबुल टेनिस संघका केन्द्रीय सदस्यसमेत रहेका अनुज बानियाँ, इन्द्रराज थापा, राजन न्यौपाने, अनुराग पाठक र बद्री मिश्रलाई सदस्यमा मनोनित गरिएको छ । मनोनित हुनेहरूलाई विराटनगर महानगरपालिकाका मेयरसम...
विराट गोल्डकप: जावलाखेललाई हराउँदै विराटनगर सिटी पुग्यो फाइनलमा

विराट गोल्डकप: जावलाखेललाई हराउँदै विराटनगर सिटी पुग्यो फाइनलमा

विराटनगर । घरेलु टिम विराटनगर सिटी विराट गोल्डकपको फाइनल प्रवेश गरेको छ । विराटनगरस्थित सहिद मैदानमा सोमबार राती भएको पहिलो सेमिफाइनल खेलमा ‘ए’ डिभिजन क्लब जावलाखेल युथ क्लबलाई २-१ गोलले पराजित गर्दै विराटनगर सिटी उपाधि नजिक पुगेको हो । विराटनगरको जितका लागि स्टेफन ब्याङगनल र अभिषेक गुरूङले समान एक/एक गोल गरे । जावलाखेलको तर्फबाट हिसुब थपलियाले सान्तवना गोल फर्काए । विराटनगरले सङ्घर्षपूर्ण जित ...
वैशाखमा भीमनारायण गोल्डकप हुने, विजेताले सात लाख पाउने

वैशाखमा भीमनारायण गोल्डकप हुने, विजेताले सात लाख पाउने

धनकुटा । धनकुटामा आगामी बैशाखमा सहिद भीमनारायण गोल्डकप फुटबल प्रतियोगिता हुने भएको छ । गोल्डकप आयोजक समितिको बैठकले बैशाख १७ देखि २३ गतेसम्म प्रतियोगिता सञ्चालन गर्ने निर्णय गरेको हो । २०६३ सालबाट सञ्चालन हुन थालेको भीमनारायण गोल्डकपको यो १५ औं संस्करण हो । ०६३ सालयता बर्सेनी गोल्डकप सञ्चालन भइरहेपनि २०७६ यता प्रतियोगिता सञ्चालन हुन सकेको थिएन । कोरोना महामारीका कारण स्थगन भएको बताइएको प्रतियोग...
सत्यम र निताले जिते धनकुटा कप ब्याडमिन्टन प्रतियोगिताको उपाधि (भिडियोसहित)

सत्यम र निताले जिते धनकुटा कप ब्याडमिन्टन प्रतियोगिताको उपाधि (भिडियोसहित)

धनकुटा । सुनसरीका सत्यम सुब्बा र मोरङकी निता लम्सालले धनकुटामा सञ्चालित कोशी प्रदेश स्तरीय खुला दोस्रो धनकुटा कप ब्याडमिन्टन प्रतियोगिताको उपाधि जितेका छन् । धनकुटा–६ स्थित बहुउद्देश्यीय सामुदायिक भवनमा शनिवार भएको फाइनल खेलमा पुरुष एकलतर्फ सुनसरीका सुब्बा र महिला एकलतर्फ मोरङकी लम्सालले उपाधि जितेका हुन् । झापाका प्रनिश सिंह ठकुरीलाई फाइनल सेटमा हराउँदै सत्यमले उपाधि जिते । पहिलो सेटमा १९–२१ ल...
सुरु भयो रात्रिकालीन विराट गोल्डकप, उद्घाटन खेलमा पुलिसलाई हराउँदै विराटनगर बिजयी

सुरु भयो रात्रिकालीन विराट गोल्डकप, उद्घाटन खेलमा पुलिसलाई हराउँदै विराटनगर बिजयी

विराटनगर । घरेलु टिम विराटनगर सिटीले विराट गोल्डकप फुटबल प्रतियोगितामा विजयी सुरुआत गरेको छ । सहिद रङ्गशालामा बिहीबार राती भएको उद्घाटन खेलमा पूर्व विजेता टिम नेपाल पुलिस क्लबलाई १-० गोलले पराजित गर्दै विराटनगर सिटी सेमिफाइनल पुगेको हो । जितमा विराटनगरका आशिष श्रेष्ठ नायक भए । निर्धारित समयसम्म खेल गोलरहित बराबरी भएपछि थप गरिएको अतिरिक्त समयमा आशिषले गोल गरेका हुन् । दिवाकर चौधरीले निकालेको पास...
राष्ट्रिय फुटबल टिमबाट सुजलले लिए सन्यास

राष्ट्रिय फुटबल टिमबाट सुजलले लिए सन्यास

धनकुटा । चर्चित फुटबल खेलाडी सुजल श्रेष्ठले नेपाली राष्ट्रिय फुटबल टिमबाट सन्यास लिएका छन् । नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्वकप्तान श्रेष्ठले बिहीबार सामाजिक सञ्जालमार्फत सन्यास घोषणा गरेका हुन् । पुनः खेलमा नफर्कन खेलाडीले सन्यास लिने गर्छन् । नेपाली राष्ट्रिय फुटबल टिमबाट सन्यास घोषणा गरेकाले सुजल पुनः सो टोलीमा फर्किने छैनन् । धनकुटाको हुलाकटोल घर भएका श्रेष्ठ बिहीबार मध्यराति १२ बजे अस्ट...
विराटनगर महानगरले क्रिकेटर राजवंशी र कँडेललाई नगदसहित सम्मान गर्ने

विराटनगर महानगरले क्रिकेटर राजवंशी र कँडेललाई नगदसहित सम्मान गर्ने

विराटनगर । विराटनगर महानगरपालिकाले क्रिकेटर ललित राजवंशी र दिपेश कँडेललाई नगदसहित सम्मान गर्ने भएको छ । राजवंशी र कँडेल दुवै विराटनगर निवासी हुन् । नेपाललाई विश्वकप छनौटमा पु¥याउन महत्वपूर्ण योगदान गरेका राष्ट्रिय क्रिकेट टोलीका सदस्यलाई महानगरले नगद एक लाख एक हजार रुपैयाँसहित सम्मान गर्ने भएको हो । कँडेलले ह्याट्रिकसहित ५ विकेट लिएपछि नेपाल ८ वर्षपछि यू–१९ विश्वकपमा प्रवेश गर्न सफल भएको हो । ...
यूएइलाई हराउँदै नेपाल पुग्यो विश्वकप छनोटमा

यूएइलाई हराउँदै नेपाल पुग्यो विश्वकप छनोटमा

काठमाडौं । युएईलाई हराउँदै नेपाल एकदिवसीय विश्वकप छनोटमा पुगेको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा भएको लिग टूको अन्तिम खेलमा युएईलाई डिएल मेडथमा २ रनले हराउँदै नेपाल विश्वकप छनोटमा पुगेको हो । पहिले ब्याटिङ गरेको यूएईले ५० ओभरमा ६ विकेट गुमाएर ३१० रन बनायो । नेपालले ४४ ओभरमा ६ विकेटको क्षतिमा २६९ रन बनाउँदा खेल रोकियो । डिएल मेडथका आधारमा नेपाल २ रनले विजयी घोषणा भएको हो । जितसँगै ४० अंकका ...
धनकुटालाई हराउँदै सिराहा पुग्यो सेमिफाइनलमा

धनकुटालाई हराउँदै सिराहा पुग्यो सेमिफाइनलमा

विराटनगर । सिराहाको प्रतिभा फुटबल क्लब विराटनगरमा जारी तेस्रो मिल्स गोल्डकपको सेमिफाइनल प्रवेश गरेको छ । विराटनगर जुटमिलको खेलमैदानमा आइतबार भएको खेलमा द सेभेन युथ क्लब धनकुटालाई २–१ गोल अन्तरले पराजित गर्दै साविक विजेता सिराहा सेमिफाइनलमा पुगेको हो । जितका लागि सिराहका सिद्धार्थ लामा र विश्वास राईले समान एक/एक गोल गरे । धनकुटाका सन्दिप लिम्बुले सान्तवना गोल फर्काए । धनकुटाविरुद्ध सिराहाका खेला...
युनिभ मोर्डनयराले जित्यो मोरङ जिल्लास्तरीय भलिबलको उपाधि

युनिभ मोर्डनयराले जित्यो मोरङ जिल्लास्तरीय भलिबलको उपाधि

विराटनगर । युनिभ मोर्डनयरा कलेजले मोरङ जिल्लास्तरीय अन्तरकलेज भलिबल प्रतियोगिताको उपाधि जितेको छ । विराटनगरको पुष्पलाल चौकको खेल मैदानमा आइतबार भएको फाइनल खेलमा इडनबर्ग कलेजलाई ३–० को सोझो सेटमा पराजित गर्दै मोर्डनयराले उपाधि जितेको हो । सुरुवाती दुई सेटमा सहजै जीत निकालेको मोर्डनयराले तेस्रो सेटमा भने कठिन जीत निकालेको थियो । मोर्डनयराले २५–१३, २५–१४ र २५–२३ को सोझो सेटमा जीत निकाल्दै विजेता ब...
बुद्धिचाल संघको अध्यक्षमा अधिकारी

बुद्धिचाल संघको अध्यक्षमा अधिकारी

धनकुटा । धनकुटा जिल्ला बुद्धिचाल संघको अध्यक्षमा रमेशचन्द्र अधिकारी चयन भएका छन् । संघको अधिवेशनले पत्रकार अधिकारीको अध्यक्षतामा नयाँ कार्य समिति गठन गरेको हो । समितिको उपाध्यक्षमा टिका भण्डारी, सचिवमा हेमकुमार राई र कोषाध्यक्षमा विजयशेखर श्रेष्ठ चुनिएका छन् । यस्तै, सदस्यहरूमा नारायणकुमार आठपहरिया, कविराज घिमिरे र किशन बोगटी चयन भएका छन् । यसैगरी, अधिवेशनले रमेशचन्द्र अधिकारी, टिका भण्डारी र श...
खेल क्षेत्रको विकास गर्न एमालेले सधैँ सहयोग गर्छ: अध्यक्ष ओली

खेल क्षेत्रको विकास गर्न एमालेले सधैँ सहयोग गर्छ: अध्यक्ष ओली

विराटनगर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले खेलकुद क्षेत्रको विकासमा नेकपा एमालेको सँधै सहयोग रहने बताएका छन् । विराटनगरमा आइतबार नेपाल खेलकुद महासङ्घको दोस्रो राष्ट्रिय महाधिवेशन उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन् ।  एमालेले यसअघि पनि खेलकुद क्षेत्रका लागि सकारात्मक भूमिका निर्वाह गरेको भन्दै उनले आगामी दिनमा पनि यसलाई निरन्तरता दिइने बताए । आफू पनि खेलप्र...
विराटनगरमा आज खेलकुद महासङ्घको महाधिवेशन, केपी ओलीले उद्घाटन गर्ने

विराटनगरमा आज खेलकुद महासङ्घको महाधिवेशन, केपी ओलीले उद्घाटन गर्ने

विराटनगर । विराटनगरमा आज नेपाल खेलकुद महासङ्घको दोश्रो महाधिवेशन सुरु हुँदैछ । विराट नर्सिङ होम पूर्वको मैदानमा बिहान ११ बजेपछि महाधिवेशन उद्घाटन कार्यक्रम राखिएको छ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले महाधिवेशन उद्घाटन गर्नेछन् । महासङ्घले शनिवार पत्रकार सम्मेलन गरेर महाधिवेशनको तयारी पुरा भएको जानकारी दिएको थियो । महाधिवेशन उद्घाटन समारोहमा कराँते, उसु, तेक्वान्दो, कबट्टी लगायत खेलहरू प्...
पुष्पलाल स्मृति राष्ट्रिय ब्याडमिन्टन: प्रिन्स र रशिला क्वाटरफाइनलमा

पुष्पलाल स्मृति राष्ट्रिय ब्याडमिन्टन: प्रिन्स र रशिला क्वाटरफाइनलमा

विराटनगर । नेपाल पुलिसका प्रिन्स दाहाल र आर्मीकी रशिला महर्जन बिराटनगरमा जारी पुष्पलाल स्मृति राष्ट्रिय बरियता ब्याडमिन्टन प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेका छन् । नेपाल खेलकुद महासंघ अन्तरगतको राष्ट्रिय ब्याडमिन्टन संघले आयोजना गरेको प्रतियोगितामा शिर्ष १६ बरियता तर्फको पुरुष एकल लिगको समूह बीको खेलमा प्रिन्सले नेपाल पुलिसका जीवन आचार्यलाई २१–९, २१–१४ ले पराजित गर्दै क्वाटरफाईनल प्रवेश गर...
विराटनगरमा सुरु भयो राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता

विराटनगरमा सुरु भयो राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता

विराटनगर । विराटनगरमा मंगलबारदेखि १२ औं पुष्पलाल स्मृति राष्ट्रिय बरियता ब्याडमिन्टन प्रतियोगिता सुरु भएको छ । नेकपा एमालेको भातृ संस्था नेपाल खेलकुद महासंघ अन्तरगतको राष्ट्रिय ब्याडमिन्टन संघको आयोजना तथा मोरङ्ग जिल्ला ब्याडमिन्टन संघको सह–आयोजनामा प्रतियोगिता सुरु भएको हो । प्रदेश नं. १ का खानेपानी, सिंचाई तथा उर्जा मन्त्री तिलकुमार मेन्याङ्गबो लिम्बुले प्रतियोगिता उद्घाटन गरेका छन् । खेलमा न...
ठाकुरदेवीले जित्यो राष्ट्रपति रनिङशिल्ड प्रतियोगिताको उपाधि

ठाकुरदेवीले जित्यो राष्ट्रपति रनिङशिल्ड प्रतियोगिताको उपाधि

धनकुटा । धनकुटाको सहिदभूमि गाउँपालिकामा सञ्चालित राष्ट्रपति रनिङशिल्ड प्रतियोगिताको उपाधि ठाकुरदेवी माध्यमिक विद्यालयले जितेको छ । आइतबार सम्पन्न प्रतियोगितामा सबैभन्दा बढी ८ स्वर्ण,  १ रजत र ५ काश्य पदकसहित ठाकुरदेवीले उपाधि जितेको हो । प्रतियोगितामा ४ स्वर्ण, ११ रजत र ३ काश्य पदक प्राप्त गर्दै पञ्चकृष्ण मावि द्वितीय बनेको छ भने ४ स्वर्ण, ७ रजत र ५ काश्य पदकसहित टपुदेवी माविले तृतीय स्थान हासि...
धनकुटा नगरले जित्यो महिला फुटबलको उपाधि

धनकुटा नगरले जित्यो महिला फुटबलको उपाधि

धनकुटा । धनकुटा नगरपालिकाको टिमले सहिद रामकृष्ण श्रेष्ठ अन्तर पालिका महिला फुटबल प्रतियोगिताको उपाधि जितेको छ । धनकुटाको तल्लो टुँडिखेलमा आज भएको फाइनल खेलमा चौबिसे गाउँपालिकाको टिमलाई २-० गोल अन्तरले पराजित गर्दै धनकुटा नगरको टिमले उपाधि जितेको हो । धनकुटाको जितका लागि सन्ध्या रम्तेल र भूमिका राईले समान एक/एक गोल गरे । निर्धारित ९० मिनेटको खेलमा कुनै गोल गर्न नसक्दा चौबिसे उपविजेतामा सीमित बन्...
धनकुटा र चौबिसे फाइनल प्रवेश

धनकुटा र चौबिसे फाइनल प्रवेश

धनकुटा । धनकुटा नगरपालिका र चौबिसे गाउँपालिकाको टिम सहिद रामकृष्ण श्रेष्ठ अन्तर पालिका महिला फुटबल प्रतियोगिताको फाइनल प्रवेश गरेका छन् । धनकुटाको तल्लो टुँडिखेलमा बुधबार भएको सेमिफाइनल खेलमा बिजयी हुँदै दुवै टिम उपाधि नजिक पुगेका हुन् । सहिदभूमि गाउँपालिकालाई १-० गोलले पराजित गर्दै चौबिसे गाउँपालिका फाइनल प्रवेश गरेको हो । त्यस्तै, पाख्रीबास नगरपालिकालाई १२–० गोल अन्तरले हराउँदै धनकुटा नगरपालि...
धनकुटामा महिला फुटबल प्रतियोगिता हुने

धनकुटामा महिला फुटबल प्रतियोगिता हुने

धनकुटा । धनकुटामा महिला फुटबल प्रतियोगिता हुने भएको छ । सहिद रामकृष्ण श्रेष्ठ स्मृति प्रतिष्ठानले आज पत्रकार सम्मेलन गरेर सहिद श्रेष्ठको स्मृतिमा माघ २३ देखि २६ गतेसम्म प्रतियोगिता सञ्चालन गरिने जानकारी दिएको हो । चार दिनसम्म सञ्चालन हुने प्रतियोगितामा धनकुटाका सात वटै पालिकाका एक/एक टिम सहभागि हुने प्रतिष्ठानका अध्यक्ष ईश्वर श्रेष्ठले जानकारी दिए । प्रतियोगिताको विजेताले ६० हजार र उपविजेताले ३...
धनकुटाको महालक्ष्मीमा मेयर कप फुटबल सुरु, उद्घाटन खेल जित्दा कर्मचारीले पाए खसी पुरस्कार

धनकुटाको महालक्ष्मीमा मेयर कप फुटबल सुरु, उद्घाटन खेल जित्दा कर्मचारीले पाए खसी पुरस्कार

धनकुटा । धनकुटाको महालक्ष्मी नगरपालिका–७ जितपुरमा तेस्रो मेयर कप फुटबल प्रतियोगिता सुरु भएको छ । शनिबारबाट सुरु भएको प्रतियोगिताको मैत्रिपूर्ण उद्घाटन खेलमा महालक्ष्मीको जनप्रतिनिधि टिमलाई ३–० गोलले हराउँदै कर्मचारी टिम बिजयी भएको छ । मैत्रीपूर्ण खेल जितेको कर्मचारी टिमले २५ किलोको खसी पुरस्कार पाएको छ । कार्यक्रममा महालक्ष्मी नगरपालिकाका मेयर ध्रुवराज रायले पुरस्कार प्रदान गरेका छन् । बसन्त...
याङपाङलाई हराउँदै पाँचखपनले जित्यो भलिवलको उपाधि (भिडियोसहित)

याङपाङलाई हराउँदै पाँचखपनले जित्यो भलिवलको उपाधि (भिडियोसहित)

धनकुटा । धनकुटाको महालक्ष्मी नगरपालिका–५ रामबजारमा सञ्चालित नगरपालिका/गाउँपालिका अन्तर वडा स्तरीय पुरुष भलिबल प्रतियोगिताको उपाधि संखुवासभाको पाँचखपन नगरपालिकाको टिमले जितेको छ । आइतबार भएको फाइनल खेलमा भोजपुर याङपाङको टिमलाई पराजित गर्दै पाँचखपनले उपाधि जित्न सफल भएको हो । उपाधिसँगै पाँचखपनले प्रमाणपत्र, मेडल र ट्रफीसहित ४० हजार नगद पाएको छ भने उपविजेता याङपाङले २५ हजारमा चित्त बुझाएको छ । विज...
अर्जेन्टिनाले जित्याे विश्वकपकाे उपाधि

अर्जेन्टिनाले जित्याे विश्वकपकाे उपाधि

विराटनगर । अर्जेन्टिनाले विश्वकप फुटबलको उपाधि जितेको छ । फ्रान्सलाई टाइब्रेकरमा ४–२ गोल अन्तरले पराजित गर्दै अर्जेन्टिनाले उपाधिमाथि कब्जा जमाएको हो । निर्धारित र अतिरिक्त समयको खेल ३–३ गोलको बराबरीमा टुङ्गिएपछि खेल पेनाल्टीमा धकेलिएको थियो । पेनाल्टीमा अर्जेन्टिनाका लियोनल मेसी, पउलो डेबेला, लियोनार्पो पेरेडेस र गोन्जालो मोन्टेलले गोल गरे । फ्रान्सका लागि केयलिन एमबाप्पे र कोलो मुनीले गोल गरे...
त्रिवेणी र निजामतीले जिते उपाधि

त्रिवेणी र निजामतीले जिते उपाधि

धनकुटा । धनकुटामा सञ्चालित विद्यालय स्तरीय फुटबल प्रतियोगितामा प्रावितर्फ त्रिवेणी स्कुल र मावितर्फ निजामती स्कुलले उपाधि जितेका छन् । पहिलो चरणमा भएको प्रावितर्फको खेलमा निजामती आवासीय विद्यालयलाई १–० गोल अन्तरले पराजित गर्दै त्रिवेणी माध्यमिक विद्यालयले उपाधि जितेको हो । उपाधिसँगै त्रिवेणीले १० हजार १ सय ११ र उपविजेता निजामतीले ५ हजार १ सय ११ रुपैयाँ नगद पुरस्कार पाए । त्यस्तै दोस्रो चरणको खे...
नेपाल बंगलादेशसँग ३–१ ले पराजित

नेपाल बंगलादेशसँग ३–१ ले पराजित

काठमाडौं । साफ महिला च्याम्पियनसिप फुटबलको फाइनलमा नेपाल बंगलादेशसँग पराजित भएको छ । सोमबार दशरथ रंगशालामा भएको खेलमा नेपाल बंगलादेशसँग ३–१ ले पराजित भएको हो । खेलको पहिलो हाफको १३ औं र ४१ औं मिनेटमा बंगलादेशले गोल गरेको थियो । दोस्रो हाफमा भने नेपालले एक गोल फार्कायो । खेलको ७० औं मिनेटमा नेपालको एक गोलपछि बंगलादेशको २–१ ले अग्रता थियो । पुनः गोल गर्दै बंगलादेशले ३–१ अग्रता लिएको थियो । सन् २...
मिल्स भेट्रान्स गोल्डकपः उद्घाटन खेलबाट आयोजकको बिजयी सुरुवात

मिल्स भेट्रान्स गोल्डकपः उद्घाटन खेलबाट आयोजकको बिजयी सुरुवात

विराटनगर । विराटनगरमा शनिवारदेखि १ नं. प्रदेश स्तरीय प्रथम मिल्स भेट्रान्स गोल्डकप फुटबल प्रतियोगिता सुरु भएको छ । रानीस्थित मिल्स भेट्रान्स क्लबको आयोजनामा विराटनगर जुट मिलको खेल मैदानमा प्रतियोगिता सुरु भएको हो । जनता समाजवादी पार्टीका जिल्ला अध्यक्ष राजकुमार यादवले प्रतियोगिता उद्घाटन गरेका छन् । प्रतियोगिताको उद्घाटन खेलमा आयोजक मिल्स भेट्रान्स क्लब बिजयी भएको छ । दुलारी भेट्रान्स क्लब मोरङ...
धनकुटाबाट खेलाडीलाई गरियो बिदाई

धनकुटाबाट खेलाडीलाई गरियो बिदाई

धनकुटा । नबौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि धनकुटाबाट छनौट भएका खेलाडीहरूलाई विदाई गरिएको छ । जिल्ला खेलकुद विकास समितिले सोमबार खेलाडीहरूलाई विदाई गरेको हो । स्थानीय तल्लो टुँडिखेलमा भदौ ७ गतेबाट छनौट प्रतियोगिताहरू गरेर खेलाडी छान्न थालिएको थियो । फुटबल, भलिबल, एथ्लेटिक्स, ब्याडमिन्टन, टेबलटेनिस, कराते, उसु, तेक्वान्दो, बक्सिङ, कबडी, हाइटेक तेक्वान्दो, बुद्धिचाल, आई टी एफ, पौडी लगायत १५...
error: Content is protected !!