अमेरिकी दूतावासले दिएन सन्दीपलाई भिसा
विराटनगर । अमेरिकाले क्रिकेटर सन्दीप लामिछानेलाई भिसा दिन अस्वीकार गरेको छ । लामिछानेले सामाजिक सञ्जाल फेसबुकमार्फत् आफ्नो भिसा अस्वीकृत भएको जानकारी गराएका हुन् ।
बलात्कार मुद्दामा सफाइ पाएसँगै विश्वकप खेल्न नेपाल क्रिकेट संघ (क्यान) ले सबै प्रक्रिया पूरा गरेपनि उनलाई अन्तिम समयमा नेपालस्थित अमेरिकी दूतावासले भिसा नदिएको हो ।
सन्दीपले लेखेका छन्, ‘नेपालस्थित अमेरिकी दूतावासले २०१९ मा जे गरेको...































