संगालोखबर


इलाम । एन्फा इलाम जिल्ला लिग फुटबलमा माईभ्याली फुटबल क्लब बिजयी बनेको छ । इलामको ठुलो टुँडिखेलमा सञ्चालित खेलमा हेलिबोध एफसीलाई २–१ गोल अन्तरले हराउँदै माईभ्यालीले ३ अंक जोडेको हो ।

सुरुवाती अग्रता जोगाउन नसक्दा हेलिबोध पराजित बनेको हो । खेलको २१औँ मिनेटमा साइमन लिम्बुले हेलिबोधलाई अग्रता दिलाएका थिए । सब्स्टिच्युट खेलाडीको रुपमा मैदान प्रवेश गरेका जोएल राईले पहिलो हाफको इन्जुरी समयमा खेल बराबरी गरे । दोश्रो हाफको १५ औ मिनेटमा सागर न्यौपानेले पेनाल्टी मार्फत गोल गर्दै माईभ्यालीलाई महत्वपुर्ण ३ अंक दिलाए ।

Advertisement

बुधबार हेल्लो जस्बिरे र रेडहर्स फुटबल क्लब तथा देउराली स्र्पोटिङ क्लब र क्लब ओएसिस भिडनेछन् । सोमबारको खेलमा जित निकाल्दै रेडहर्स र देउरालीले समान ३–३ अक प्राप्त गरेका छन् । हेल्लो जस्बिरे र क्लब ओएसिस अंकविहीन छन् ।

देउमाई नगरपालिकाको छात्राबास खेल मैदानमा हेलिबोध फुटबल क्ल्ब र त्रिवेणी फुटबल क्लब भिडनेछन् । हेलिबोध आजको खेलमा पराजित बनेर अंकविहीन रहँदा त्रिवेणी पहिलो खेल खेल्दैछ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!