संगालोखबर

विराटनगर । घरेलु टोली अमेरिकाले आईसीसी टी–२० विश्वकपमा विजयी सुरूवात गरेको छ। आइतबार बिहान भएको पहिलो खेलमा अमेरिकाले क्यानाडालाई ७ विकेटले पराजित गरेको हो ।

Advertisement

अमेरिकाको टेक्सास राज्यको डलासस्थित ग्राण्ड प्रेरी रङ्गशालामा भएको खेलमा क्यानाडाले दिएको १९५ रनको लक्ष्य पछ्याएको अमेरिकाले १७।४ ओभरमा ३ विकेटको क्षतिमा १९७ रन जोड्न सफल भयो ।

अमेरिकाका आरोन जोन्स अविजित हुँदै सर्वाधिक ९४ रन जोड्न सफल भए । उनले ४ चौका र १० छक्का प्रहार गरे । एन्ड्रिज गौसले ४६ बलमा ७ चौका र ३ छक्कासहित ६५ रन बनाए ।

क्यानाडाका लिवालले सर्वाधिक ६१ रन बनाए । उनले ६ चौका र ३ छक्का प्रहार गरे । जोन्सन २३ रनमा आउट भए । निकोलस किर्तनले ३१ बलमा ३ चौका र २ छक्कासहित ५१ रन जोडे ।

यसैगरी, दिलप्रीत सिंह ११ र पर्गट सिंह ५ रनमा आउट भए। श्रेयस मोब्बा ३२ र डिलन हेलिगर १ रनमा अविजित रहे ।

ग्राण्ड प्रियरी स्टेडियममा टस हारेर पहिला ब्याटिङ गरेको क्यानडाले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १९४ रन बनाएको थियो । विश्वकपको दोस्रो खेलअन्तर्गत आजै वेस्ट इन्डिज र पपुवा न्यु गिनीबीच प्रतिस्पर्धा हुँदैछ ।

आजदेखि सुरु भएको टी–२० विश्वकप एक महिनासम्म चल्नेछ। यसपटक विश्वकपमा नेपाली टोलीले पनि प्रतिस्पर्धा गर्दैछ । खेलका लागि नेपाली टोली अमेरिका पुगिसकेको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!