संगालोखबर


विराटनगर । प्रथम कोशी प्रदेश टी–१० क्रिकेट प्रतियोगितामा विराटनगर स्पोर्टिङ क्बलले लगातार तीन जित निकाल्दै ६ अंक जोडेको छ । विराटनगर–६ स्थित एमबिजे क्रिकेट मैदानमा बिहीबार भएको एलिट क्रिकेट क्लबसँग ६३ रनले पराजत गर्दै विराटनगरले लगातार तीन जित हात पारेको हो ।

टस जितेर ब्याटिङ रोजेको विराटनगरले निर्धारित १० ओभरमा १ विकेट गुमाउँदै १५५ रन बनाएको हो । जितका लागि विराटनगर स्पोर्टिङका परवेज शेखले अर्धसतक कटाउँदै बिस्पोटक ब्याटिङ गरेका छन् ।

Advertisement

परवेजले २६ बलमा ७९ रन रन बनाए । उनले अविजित ८ छक्का र ६ चौका प्रहार गरे । सर्वाधिक रन बनाउने परवेज खेलको प्लेयर अफ द म्याच पनि घोषित भए । रवि रोयले पनि आक्रामक ब्याटिङ गर्दै २७ बलमा अविजित ५२ रन बनाए । उनले ३ छक्का र ७ चौका हिर्काए । एलिटका बलर अंकित गोस्वामीले १ विकेट लिए ।

विराटनगरले दिएको १५६ रनको लक्ष्य पछ्याएको एलिटले निर्धारित १० ओभरमा ५ विकेट गुमाउँदै ९१ रन मात्रै बनायो । जसमा कलामुद्दिनले २४ बलमा ४२ रन बनाए । उनले १ छक्का र ६ चौका प्रहार गरे । अविसेख पालले ६ बलमा २ रन बनाउँदा अरु ब्याटरले दोहोरो अंक बनाउन सकेनन् ।

विराटनगरका बलर आसोतिक सिंहले ४ विकेट र भुपाल लुईटेलले १ विकेट लिए । यसअघि विराटनगरले पूर्वाञ्चल एकाडेमीलाई ७ विकेटले र विराटनगर प्यान्थर्सलाई ५ विकेटले हराएको थियो ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!