संगालोखबर

इलाम । ‘एन्फा इलाम जिल्ला लिग’ मा देउराली स्पोर्टिङ क्लब र रेडहर्स फुटबल क्लब विजयी बनेका छन् । सदरमुकामस्थित ठूलो टुँडिखेलमा भएको प्रतियोगिताको उद्घाटन खेलमा देउरालीले हेल्लो जस्बिरे क्ल्बमाथि ३–१ गोल अन्तरको जित निकालेको हो ।

Advertisement

देउरालीको जितमा बिनोद धमलाले २ र सुमन धमलाले १ गोल गरे । जस्बिरेका मन मगरले १ गोल फर्काए । सुमनले २४औँ मिनेटमा अग्रता दिलाए । दोस्रो हाफको बिनोदले ६ र २६ मिनेटमा गोल गरे ।

मनले दोस्रो हाफको अन्तिम मिनेटमा सान्तवना गोल गरे । जितसँगै देउरालीले ३ अंक बटुलेको छ । दोश्रो खेलमा रेडहर्सले क्लब ओएसिसलाई ४–२ गोल अन्तरले पराजित गरेको छ । सुरुवाती अग्रता जोगाउन नसक्दा ओएसिसले ३ अंक जोगाउन सकेन् ।

खेलको ७औँ मिनेटमा निग्मा गुरुङले ओएसिसलाई सुरुवाती अग्रता दिलाए । १३ औ मिनेटमा पाल्देन तामाङले खेल बराबरीमा ल्याए । पेनाल्टी मार्फत गोल गर्दै उनले खेल बराबरीमा ल्याएका हुन् ।

२३औँ मिनेटमा साङगे शेर्पाले रेडहर्सलाई अग्रता दिलाए । २७औँ मिनेटमा साङ्गेले व्यक्तिगत दोस्रो गोल गरे । २९औँ मिनेटमा दिपेश राईले गोल गर्दै खेल ४–१ को अवस्थमा पुर्याए । निग्माले दोस्रो हाफको १८औँ मिनेटमा व्यक्तिगत गोल गरेपनि जितका लागि पर्याप्त भएन । प्रतियोगिताअन्तर्गत अर्को खेल मंगलबार माईभ्याली फुटबल क्लब र हेलिबोध एफसीबीच हुनेछ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!