संगालोखबर

इलाम । एन्फा इलाम जिल्ला लिगको उपाधिका लागि रेडहर्स फुटबल क्लब र त्रिवेणी फुटबल क्ल्ब भिड्ने भएका छन् । इलामको ठूलो टुँडिखेलमा भएको सेमिफाइनल खेलमा रेडहर्सले मिलियन फ्रेन्डर्स क्लब (एमएफसी) पान्दाम र त्रिवेणीले फ्रेन्डसिप युथ क्लब गोदकलाई हराउँदै उपाधि होडमा प्रवेश गरेका हुन् ।

Advertisement

पहिलो सेमिफाइनल खेलमा रेडहर्सले एमएफसीलाई टाइब्रेकरमा हराएको हो । निर्धारित समयमा दुवै टिमले १–१ गोलको बराबरी खेलेपछि निर्णयका लागि टाइब्रेकर रोजिएको थियो । टाइब्रेकरमा रेडहर्स ४–२ गोल अन्तरले बिजयी बन्यो । रेडहर्सलाई फाइनल पुर्याउन गोलरक्षक निशम दनुवारले निर्णायक भूमिका खेले । उनले एमएफसीको दुईवटा प्रहार बचाए ।

खेलको सुरुवाती अग्रता रेडहर्सले लिएको थियो । दोस्रो हाफको १४औँ मिनेटमा प्रिन्स शेर्पाले हेडर मार्फत् गोल गर्दै अग्रता दिलाए । इन्जुरी समयमा सुशान्त गुरुङले बराबरी गरे । दोस्रो सेमिफाइनल खेलमा त्रिवेणीले फ्रेन्डसिप माथि ३–० गोल अन्तरको जित दर्ता गरेको छ । पहिलो हाफ गोलरहित बराबरी सकिएको खेलमा दोस्रो हाफको ११औँ मिनेटमा अबिरल राईले त्रिवेणीलाई अग्रता दिलाए ।

अन्तिम मिनेट र अतिरिक्त समयमा मुकेश मगरले गोल गरेपछि त्रिवेणीले रेडहर्ससँग उपाधि भेट पक्का गरेको हो । प्रतियोगिताअन्तर्गत फाइनल खेल शनिबार हुँदैछ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!