संगालोखबर


विराटनगर । अखिल नेपाल फुटबल संघ (एन्फा) ले नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीको गोलकिपिङ प्रशिक्षकमा विराटनगरका मनिष तिम्सिनालाई नियुक्त गरेको छ । यसैगरी, राष्ट्रिय टोलीको सहायक प्रशिक्षकमा चेतन घिमिरेलाई नियुक्त गरिएको छ ।

उनीहरुलाई एन्फाका महासचिव किरण राईल ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा नियुक्तिपत्र हस्तान्तरण गरेका थिए । यसअघि नेपाली टोलीको सहायक प्रशिक्षकमा प्रवेश कटुवाल र गोलकिपर प्रशिक्षकमा विनोद डंगोल थिए ।

Advertisement

उनीहरु दुवैजनाको अवधि सकिएपछि तिम्सिना र घिमिरे नियुक्त भएका हुन् । नेपाली राष्ट्रिय टोलीले फिफा विश्वकप छनोटको दोस्रो चरणको खेलमा आउँदो जुन ६ मा यूएईसँग खेल्दैछ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!