संगालोखबर

विराटनगर । प्रथम कोशी प्रदेश दिवा रात्रीकालीन टी–१० क्रिकेट प्रतियोगितामा विराटनगरको फूलबारी क्रिकेट क्लब र विराट स्पोर्टिङ क्लब विजयी भएका छन् ।

Advertisement

विराटनगर–६ स्थित एमबिजे क्रिकेट मैदानमा मंगलबारको पहिलो खेलमा फूलबारीले एलिट क्रिकेट क्बललाई १० विकेटले र दोस्रो खेलमा विराट स्पोर्टिङले पूर्वाञ्चल क्रिकेट एकाडेमीलाई ७ विकेटले पराजित गरेको हो । जितसँगै दुवै टिमले २–२ अंक जोडेका छन् ।

पहिलो खेलमा एलिटले दिएको ९९ रनको लक्ष्य फूलबारीले ५.५ ओभरमा विना क्षति पूरा गर्यो । फुलबारीका ओपन आलोक मञ्जयले अविजित १५ बलमा ४८ रन बनाए । उनले ७ छक्का र १ चौका प्रहार गरे । उनी खेलको प्लेर अफ द म्याच घोषित भए । खण्डक बोहराले २० बलमा ४८ रनको योगदान दिए । उनले ४ छक्का र ५ चौका हिर्काए ।

त्यसअघि पहिलो ब्याटिङ थालेको एलिटले निर्धातिर १० ओभरमा ३ विकेट गुमाउँदै ९८ रन बनाएको थियो । अंकित गोस्वामीले १६ बलमा ३६ रन बनाए । सुशान्त मिश्रले १४ बलमा २४ रन पारी खेल्दा अभिषेक पलले १३ बलमा २० रन जोडे । फूलबारीका बलर भुवन कार्की, दिपक राज र एमडी कैफले समान १–१ विकेट लिए ।

मंगलबारै भएको दोस्रो खेलमा विराट स्पोर्टिङले पूर्वाञ्चल क्रिकेट एकाडेमीलाई ७ विकेटले पराजित गरेको हो । पूर्वाञ्चलले दिएको ७६ रनको लक्ष्य विराटले ८.१ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्यो । जसमा विराटका खालिद आलमले १२ बलमा २६ रन बनाए । सुर्दशन कुमारले २४ बलमा २४ रन बनाउँदा रवि रोयले ५ बलमा ८ रनको योगदान दिए । पूर्वाञ्चलका विकास लोहियाले २ मन्जित श्रेष्ठले १ विकेट लिए ।

त्यसअघि पहिलो ब्याटिङ गरेको पूर्वाञ्चलले निर्धारित १० ओभरमा ७ विकेटको क्षतिमा ७५ रन मात्रै बनायो । जसमा पवन कुमारले १४ बलमा २८ रन, निराजन लड्डीले १५ बलमा २० रन र श्रवण यादवले ८ रन बनाए । विराटका आशुतोष सिंह, खालिद आलम र प्रतिक पोखरेलले समान २ –२ विकेट लिए ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!