संगालोखबर

विराटनगर । तेक्वान्दो खेलका प्रशिक्षकहरुका लागि ६ दिने प्रशिक्षण कार्यक्रम विराटनगरमा शुक्रबार सुरु भएको छ । नेपाल तेक्वान्दो संघ मोरङले कोशी प्रदेशका १४ वटै जिल्ला नेपाल तेक्वान्दो संघ आवद्ध प्रशिक्षकहरुलाई प्रशिक्षण दिइने जनाउको छ ।

Advertisement

प्रशिक्षण उद्घाटन कोशी प्रदेश खेलकुद विकास बोर्डका सदस्यसचिव कृष्ण बस्नेत (पर्शुराम) ले गरेका थिए । उनले खेल र खेलाडीको विकासका लागि भइरहेको बजेट अपर्याप्त रहेको बताए ।

खेलाडीहरुको हकअधिकारका लागि ठाउँमा पुगरे ठोस तवरबाट आवाज उठाउने वा बोल्ने काम कम भएको हुँदा सोचे अनुरुपको खेल क्षेत्रले विकास गर्न नसकेको सदस्यसचिव बस्नेतले बताए ।

६ दिनसम्म सञ्चालन हुने प्रशिक्षक प्रशिक्षणमा काठमाडौंबाट आएका टार्जन सुब्बा र नर्भु लामाले सहजीकरण गर्ने छन् । प्रदेशका ५० जना प्रशिक्षकहरुको सहभागिता रहेको र प्रशिक्षकहरुको क्षमता अभिवृद्धि गर्दै खेलका नयाँ रणनीति र खेल नियमबारे जानकारी गराई तेक्वान्दो संघ मोरङका अध्यक्ष दिवस नेपालले बताए ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!