संगालोखबर

धनकुटा । धनकुटा नगरपालिका–६ स्थित वडा कार्यालयमा जिल्लास्तरीय अन्डर–१५ बुद्धिचाल प्रतियोगिता सुरु भएको छ । जिल्ला खेलकुद विकास समितिको आयोजना तथा जिल्ला बुद्धिचाल संघ धनकुटाको संयोजनमा बुधबार प्रतियोगिता सुरु भएको हो ।

Advertisement

प्रतियोगिताको उद्घाटन धनकुटाका प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले गरेका थिए । त्यस अवसरमा उनले खेलले विद्यार्थीहरुलाई हौसला प्रदान गर्ने बताए । पौडेलले बुद्धिचाल पनि व्यावसायिक रुपमा अघि बढिरहेको बताउँदै बजार तथा ग्रामीण स्तरबाट खेलाडी उत्पादन गरिनुपर्नेमा जोड दिए ।

दुई दिनसम्म सञ्चालन हुने प्रतियोगितामा धनकुटा नगरपालिका भित्रका विभिन्न विद्यालयमा अध्ययनरत विद्यार्थीको सहभागिता रहेको छ । प्रतियोगितमा २९ जना पुरुष र ६ जना महिला गरी ३५ जना खेलाडीको सहभागिता छ । जिल्लास्तरीय प्रतियोगिताबाट प्रदेशस्तरीय प्रतियोगितामा सहभागिता जनाउन २ जना पुरुष र २ जना महिला खेलाडी छनौट गरिने जिल्ला बुद्धिचाल संघ धनकुटाका अध्यक्ष रमेशचन्द्र अधिकारीले बताए ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!