धनकुटामा दौड प्रतियोगिता गरिने
धनकुटा । धनकुटामा आगामी असोज १३ गते दौड प्रतियोगिता गरिने भएको छ । मुटु दिवसको अवसर पारेर पूर्व प्रहरी संस्थाले खुल्ला र महिला ‘रोड रेस’ गर्न लागेको हो ।
आयोजक पूर्व प्रहरी संस्थाले सोमबार धनकुटामा पत्रकार सम्मेलन गरेर खुल्ला १५ किलोमिटर र महिलातर्फ ८ किलोमिटरको रेस गर्न लागिएको जानकारी दिएको हो । धनकुटा नगरपालिका–९ रुद्रवारीस्थित कोशी राजमार्गबाट खुल्ला रेस सुरु गरिनेछ । त्यस्तै, महिलाका लागि ...































