सन्दीप लामिछाने वेस्टइण्डिजमा हुने विश्वकपका खेलमा सहभागी हुने
विराटनगर । क्रिकेटर सन्दीप लामिछाने विश्वकप क्रिकेट अन्तर्गत वेस्टइण्डिजमा हुने खेलहरुमा सहभागी हुने भएका छन् । उनले दक्षिण अफ्रिका र बंगलादेश विरुद्धका खेल खेल्ने छन् ।
क्रिकेट एशोसिएसन अफ नेपाल (क्यान) का सचिव पारस खड्काका अनुसार वेस्टइण्डिजमा हुने खेलमा लामिछाने राष्ट्रिय क्रिकेट टोलीमा समावेश भएर खेल्ने छन् ।
विश्वकप क्रिकेट २०२४ का खेलहरु अमेरिका र वेष्टइण्डिजमा भइरहेका छन् । नेपाली राष्ट...































