संगालोखबर


विराटनगर । प्रथम कोशी प्रदेश दिवा–रात्रीकालीन टी–१० क्रिकेट प्रतियोगितामा एनबीएससी लायन्स क्रिकेट क्लबले तीन खेलमा लगातार दुई जित हात पारेको छ । जितसँगै एनबीएससीले चार अंक जोडेको छ ।

विराटनगर–६ स्थित एमबिजे क्रिकेट मैदानमा बुधबार भएको पहिलो खेलमा पूर्वाञ्चल क्रिकेट एकाडेमीलाई ८ विकेटले पराजित गर्दै एनबीएससीले लगातार दुई जित हात पारेको हो ।

Advertisement

पूर्वाञ्चलले दिएको ८५ रनको लक्ष्य एनबीएससीले ६.४ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्यो । एनबीएससीको जितका लागि सन्तोष कार्कीले आक्रामक ब्याटिङ गरे । उनले २० बलमा अविजित ४१ रन बनाए । उनले ४ छक्का र ३ चौका प्रहार गरे । अतहर अन्सारी ७ बलमा १८ रनको योगदान गर्दा मनिष थापाले १० बलमा १८ रन बनाए । भीम सार्कीले ७ रन जोडे । पूर्वाञ्चलका बलर बिकासले २ ओभरमा २३ रन खर्चेर २ विकेट लिए ।

यसअघि ब्याटिङ गरेको पूर्वाञ्चलले निर्धारित १० ओभरमा ८ विकेटको क्षतिमा ८४ रन मात्रै बनायो । जसमा विकास लोहियाले ११ बलमा २१ रन बनाए । अंकित सुवेदीले १२ र शरद भेषावकरले ९ बलमा १० रन बनाए ।

एनबीएससीका बलर प्रशान्त सिंह राजपुतले २ ओभरमा १० रन खर्चेर ३ विकेट लिए । मयङ्क कुमारले २ र फिरोद अन्सारीले १ विकेट लिए । उनी खेलको प्लेयर अफ द म्याच घोषित भए । एनबीएससीले अहिलेसम्म तीन खेल खेलेको मध्ये दोस्रो दिनको खेलमा वाइआरसीसी विराटसँग ६ विकेटले पराजित भएको थियो ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!