संगालोखबर


विराटनगर । प्रथम कोशी प्रदेश दिवा रात्रिकालीन टी–१० क्रिकेट प्रतियोगितामा विराटनगर प्यान्थर्स क्रिकेट क्लब विजयी भएको छ । विराटनगर महानगरपालिका–६ को आयोजनामा सोमबारदेखि विराटनगरमा सुरू भएको प्रतियोगिताको उद्घाटन खेलमा विराटनगरको वाइआरसीसी क्रिकेट क्लबलाई ६ रनले हराउँदै प्यान्थर्स विजयी भएको हो । जितसँगै प्यान्थर्सले दुई अंक जोडेको छ ।

टस जितेर ब्याटिङ रोजेको प्यान्थर्सले ७ ओभरमा ७ विकेट गुमाई ८१ रन बनाएको हो । प्यान्थर्सका अलराउन्डर खेलाडी बसिर अहमदले ११ बलमा ३२ रन बनाए । उनले ४ छक्का र १ चौका प्रहार गरे । तुलबहादुर थापाले ८ बलमा १५ रन पारी खेल्दा एमडी अफाकले ६ बलमा ११ रनको योगदान दिए ।

Advertisement

वाइआरसीसीका अभिषेक पाठकले २ ओभरमा १२ रन खर्चेर २ विकेट लिए । हेमन्त धमला र विपिन खत्रीले समान २ –२ विकेट लिए । प्यान्थर्सले दिएको ८२ रनको विजय लक्ष्य पछ्याएको वाइआरसीसीले ७ ओभरमा ८ विकेट गुमाइ ७५ रन मात्रै बनायो । वाइआरसिसीका ओपन देव खनालले ७ बलमा २० रन बनाए ।

उनले २ छक्का र २ चौका हिर्काए । अभिषेक पाठकले ८ बलमा २८ रनको योगदान दिए । उनले तीन छक्का र १ चौका प्रहार गरे । विनोद भण्डारीले १२ बलमा १० रन बनाउँदा अन्य वाइआरसीसीका अन्य ब्याटरले दोहोरो अंक बनाउन सकेनन् ।

प्यान्थर्सका अलराउन्डर खेलाडी बसिर अहमदले घातक बलिङ गरे । उनले २ ओभरमा ८ रन खर्चेर ४ विकेट लिए । उनी खेलको प्लेर अफ म्याच घोषित भए । साहब आलम र आयुष तिम्सिनाले समान १ –१ विकेट लिए । पहिलो दिन चारवटा खेल हुदैछ । अहिले दोस्रो खेल एनबीएससी लायन्स र फुलबारी क्रिकेट क्लबबीच खेल हुँदैछ ।

दिवा रात्रिकालीन प्रतियोगिता सञ्चालनका लागि विराटनगर ६ बरमपुरामा १२ लाखको लागतमा बाँसको खम्बामा अस्थायी फलड्लाईटको व्यवस्था गरेको छ । विराटनगर ६ का वडाअध्यक्ष अक्षय सहनीका अनुसार विजेता टिमले ५ लाख, उपविजेताले २ लाख, तेस्रोले एकलाख र चौथो हुने टिमले ५० हजार पुरस्कार पाउने छ ।

प्रतियोगिता सञ्चालनका लागि करिब ३५ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । त्यसमध्ये वडा कार्यालयले ७ लाख दायित्व बोक्ने र बाँकी रकम प्रायोजकबाट संकलन गर्ने लक्ष्य रहेको मोरङ जिल्ला क्रिकेट संघका अध्यक्ष महमदबावु कुरेसीले बताए ।

प्रतियोगिताको म्यान अफ द सिरिजलाई २५ हजार, हरेक म्याचको म्यान अफ द म्याचलाई तीन हजार र एक ओभरमा ६ छक्का हान्ने ब्याटरलाई पुरस्कार स्वरुप वासिङ मेसिनको व्यवस्था गरिएको कुरेसीले वताए ।

उनका अनुसार प्रतियोगितामा विश्वकप खेल्न अमेरिका पुगेका खेलाडी बाहेकका मुलुकका सबै खेलाडीको सहभागिता छ । प्रतियोगितामा मुलुकका विभिन्न ७ वटा क्लबको सहभागिता रहने र ती हरेक क्लबमा चार जना विदेशी खेलाडीले सहभागिता जनाउने छन् ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!