विराटनगर । आईसीसी टी–२० विश्वकपमा सहभागी हुन अमेरिका पुगेको नेपाली टोलीलाई गैरआवासीय नेपाली सङ्घ राष्ट्रिय समन्वय परिषद्ले भव्य स्वागत गरेको छ ।
उक्त अवसरमा आयोजित कार्यक्रममा परिषद्ले नेपाली क्रिकेट टोलीलाई स्वागत गर्दै विश्वकप क्रिकेटमा सहभागिताप्रति खुसी व्यक्त गर्दै विजयको शुभकामना पनि दिएको थियो ।
गैरआवासीय नेपाली सङ्घका वरिष्ठ उपाध्यक्ष विकास उप्रेती, उपाध्यक्ष भानु खरेल, नेपाल क्रिकेट सङ्घका अध्यक्ष चतुरबहादुर चन्द, नेपाली क्रिकेट टोलीका कप्तान रोहित पौडेललगायत खेलाडीहरुको उक्त कार्यक्रममा सहभागिता थियो ।
टेक्सासको डलासस्थित ग्राण्ड प्रेरी रङ्गशालामा आजदेखि सुरु भएको उक्त प्रतियोगिता एक महिनासम्म चल्नेछ । अमेरिकाले पहिलोपटक आईसीसी प्रतियोगिता आयोजना गरेको हो ।