सुरक्षित रुपमा खाद्यान्न भण्डारण गर्नेबारे किसानलाई जानकारी
विराटनगर । नेपाल वेयरहाउजिङ्ग कम्पनीले ‘साइलो भण्डारण’ का विषयमा जानकारी गराउने उद्देश्यका साथ अन्तरक्रिया गरेको छ । कम्पनीले विराटनगरमा कृषक र सरोकारवालामाझ अन्तरक्रियात्मक कार्यक्रम गरेको हो ।
कम्पनीले सहभागीहरूलाई साइलो भण्डारणका फाइदा, यसले गरिरहेको कामलगायत विषयमा जानकारी दिएको थियो । सहभागीले राखेका जिज्ञासाहरूको कम्पनीका आधिकारिक व्यक्तिहरूले स्पष्ट पारेका थिए । सुनसरीको गढी गाउँपालिका–...



























