संगालोखबर

विराटनगर । मोरङको सलकपुरस्थित श्रीकृष्ण प्रणामी मन्दिरमा आइतबार तिज विशेष कार्यक्रम गरिएको छ । विराटनगरका उद्यमी एवं सलकपुर कृष्ण प्रणामी मन्दिर व्यवस्थापन समितिका सल्लाहकार राजु कटेल र उनकी धर्मपत्नी विमलाको आर्थिक सहयोगमा श्रीकृष्ण प्रणामी वाइजुराज महिला समिति सलकपुरले तिज विशेष कार्यक्रम गरेको हो ।

कार्यक्रममा मुक्तिधाम इटहरीका गादीपति कृष्णदास महाराज, वाइजुराज महिला समितिका केन्द्रिय उपाध्यक्ष विन्दु घिमिरे, जिल्ला अध्यक्ष देवी पौडेल, सलकपुर इकाई अध्यक्ष विन्दु भट्टराई आचार्य, सलकपुर मन्दिरका मनोज मधुकर महाराज, मन्दिर व्यवस्थापन समिति अध्यक्ष कृष्णप्रसाद बास्तोला, महिला उद्यमी वनिसा शर्मा कटेल लगायतले मन्तव्यमार्फत तिजको शुभकामना दिए ।

सुन्दरहरैंचा, विराटनगरसहित विभिन्न क्षेत्रका महिलाहरू सहभागि सो कार्यक्रममा महिलाहरूले तिज गीतमा एकल तथा सामूहिक नृत्य प्रस्तुत गरेका थिए । कार्यक्रममा सहयोगी दाता विमला कटेललाई धन्यवाद ज्ञापन गर्दै दम्पतीको तस्वीर अङ्कित मायाको चिनो प्रदान गरिएको छ ।

तिजको अवसरमा सो मन्दिरमा हरेक वर्ष तिज विशेष कार्यक्रम गर्ने गरिएको छ । चार वर्षअघिदेखि हरेक वर्ष कटेल दम्पतीले तिजमा महिलाहरूलाई दर खुवाउने कार्यक्रम गर्न सहयोग गर्दै आएको वाइजुराज महिला समिति सलकपुरका अध्यक्ष विन्दु भट्टराई आचार्यले जानकारी दिइन् ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!