संगालोखबर

विराटनगर । लागूऔषध ब्राउन सुगरसहित प्रहरीले विराटनगरबाट दुई जनालाई पक्राउ गरेको छ । विराटनगर महानगरपालिका–१५ का २१ वर्षीय तिलक यादव र भारतको जोगवनीका २१ वर्षीय विशालकुमार साहलाई पक्राउ गरिएको हो ।

Advertisement

इलाका प्रहरी रानी र लागूऔषध नियन्त्रण ब्युरो विराटनगरबाट खटिएको संयुक्त टोलीले उनीहरूलाई बिहीबार अपरान्ह पक्राउ गरेको हो । भारतको जोगवनीबाट को २५ प २११ नम्बरको स्कुटरमा आउँदै गरेका उनीहरूलाई जाँच गर्दा १३.२८ ग्राम ब्राउन सुगर बरामद भएको प्रहरीले जनाएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!