संगालोखबर

विराटनगर । मोरङको सुन्दरहरैँचामा आज दुईजना बालिका मृत अवस्थामा भेटिएका छन् । सुन्दरहरैँचा नगरपालिका–७ मा रहेको केराघारीभित्र दिदीबहिनी मृत भेटिएका हुन् ।

Advertisement

धनकुटाको पाख्रिबास नगरपालिका–४ घर भएका ३१ वर्षीय अर्जुन कार्कीका छोरीहरू ३ वर्षीया आइका र १ वर्षीया अर्पणा मृत भेटिएको प्रहरीले जनाएको छ । स्थानीय बासिन्दाले उनीहरूलाई केराघारीमा मृत अवस्थामा देखेर प्रहरीमा खबर गरेका थिए ।

अर्जुनकी श्रीमती २९ वर्षीया अस्मिता न्यौपाने सम्पर्कविहीन रहेको प्रहरीले जनाएको छ । हिजो राति दम्पतीबीच झगडा भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको मोरङका डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले बताए । झगडापछि अस्मिता राति नै छोरीहरूलाई लिएर बाहिर गएको पाइएको छ । धनकुटाका अर्जुन परिवारसहित सुन्दरहरैँचा–७ मा दिदी सीता रेग्मीको घरमा बस्दै आएका थिए । उनले त्यहीँ आफ्नै घर बनाइरहेका थिए ।

दिदीबहिनीको शव नजिक मेटासिट नामको विषादी भेटिएको प्रहरीले जनाएको छ । घटनाबारे स्थानीयसँग सोधपुछ गर्ने र अन्य पक्षहरू बुझेर अनुसन्धान अघि बढाइएको उल्लेख गर्दै डीएसपी बस्नेतले सम्पर्कविहीन बनेकी अस्मिताको खोजी भइरहेको संगालोखबरलाई जानकारी दिए ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!