उर्लाबारीस्थित मदन भण्डारी ट्रमा सेन्टरका स्वास्थ्यकर्मी आन्दोलित
विराटनगर । स्वास्थ्यकर्मीमाथि हातपात घटनाको विरोधमा मोरङको उर्लाबारीस्थित मदन भण्डारी ट्रमा सेन्टरका स्वास्थ्यकर्मी आन्दोलित बनेका छन् । उनीहरु अस्पतालको ओपीडी बन्द गरेर आन्दोलनमा उत्रिएका हुन् ।
चिकित्सकमाथि हातपात गर्नेलाई कारबाही तथा सुरक्षाका लागि अस्पताल परिसरमा प्रहरी बिट राख्नुपर्ने माग उनीहरुले अघि सारेका छन् । घटनामा संलग्नमाथि कारबाही गरिनुका साथै सुरक्षाको प्रत्याभूति गरिनुपर्ने माग ...




























