संगालोखबर

विराटनगर । विराटनगर जेसीजले विराटनगर–१६ दरहैयास्थित पाथिभरा जनता आधारभुत विद्यालयमा डेङ्गु संक्रमण सम्बन्धी जनचेतनामूलक कार्यक्रम गरिएको छ । त्यस अवसमा झुल पनि वितरण गरिएको थियो ।

Advertisement

विराटनगर जेसीजका अध्यक्ष तुलसी निरौलाको सभापतित्वमा भएको कार्यक्रममा महानगर पालिकाका जनस्वास्थ्य अधिकृत हैदर अलीले सचेतनामूलक जानकारी  दिएका थिए । नेपाल एग्रो सेन्टरका सञ्चालक अनिलकुमार साहको सहयोगमा झुल वितरण गरिएको थियो ।

मुसहर बस्तीका बालबालिकालाई पढाउने उद्देश्यले आफ्नो पहलमा स्थापना गरेको विद्यालयमा विभिन्न दाताहरूले सहयोग गरिरहेको राजु क्षेत्रीले बताए । उनले स्थानीय सरकारले सहयोग नगरिरहेको अवस्थामा दाताहरूले गरेको सहयोगले धेरै सहज भएको बताए ।

दैनिक ३० जना बालबालिका अध्ययनरत रहेका र उनीहरूलाई झोला, कापी, कलम समेत आवश्यकता रहेको क्षेत्रीले बताए । विभिन्न समस्याका बाबजुद पनि बालबालिकालाई ७ वर्षदेखि निरन्तर पढाइरहेको उनले बताए ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!