संगालोखबर

विराटनगर । नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्वनिर्देशक गोविन्दप्रसाद दाहालको निधन भएको छ । विराटनगर–३ बुद्ध चोक निवासी ६० वर्षीय दाहाललाई क्यान्सर भएको पुष्टि भएको थियो । भारतको नयाँ दिल्लीमा उपचार गरी शनिबार साँझ उनलाई घर ल्याइएको थियो ।

Advertisement

स्वास्थ्यमा समस्या भएपछि उनलाई आइतबार बिहान नोवेल अस्पताल लगिएको थियो । उपचारका क्रममा दिउँसो उनको निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।

गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको महाप्रबन्धकबाट सेवानिवृत भएपछि दाहाल सामाजिक क्षेत्र र राजनीतिक गतिविधिमा सहभागी हुँदै आएका थिए ।

दाहालकी श्रीमती, एक छोरा र एक छोरी छन् । क्यानाडामा रहेका छोरा आएपछि उनको अन्तिम संस्कार गरिने जनाइएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!