संगालोखबर

विराटनगर । नेकपा माओवादी केन्द्रले कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई दिएको समर्थन फिर्ता लिने भएको छ । आज संसदीय दलको बैठक बसेर समर्थन फिर्ता लिनेबारे औपचारिक निर्णय गरिने भएको छ ।

Advertisement

माओवादी केन्द्र संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोका अनुसार दलको बैठकले यसबारे निर्णय गर्दैछ । ‘सरकारलाई दिएको समर्थन फिर्ता लिने भएका र्छौं’ उनले संगालोखबरसँग भने, ‘अब प्रतिपक्षमा बसेर आफ्नो भूमिका निर्वाह गर्नेर्छौं ।’

नेपाली कांग्रेस र नेकपा एमालेबीच गठबन्धन बनेपछि केन्द्र र प्रदेश सरकारमा यसको प्रभाव पर्दै आएको छ । असार १७ गते यी दुई पार्टीबीच बनेको सत्ता समीकरणपछि माओवादी सरकारबाट अलग भएको थियो । समर्थन भने कायमै राखेको थियो ।

नेकपा माओवादी केन्द्रको समर्थनमा कार्की संविधानको धारा १६८ को उपधारा ५ अनुसार गत बैशाख २७ गते मुख्यमन्त्री बनेका थिए ।

यसैबीच, प्रदेशसभाको बैठक आज बस्दैछ । गत असार ८ गतेदेखि स्थगित भएको बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ । प्रदेशसभामा तीनवटा विधेयक दर्ता भएका छन् । ती विधेयक आजको बैठकमा टेबल गरिने भएको छ ।

प्रदेश निजामती ऐन २०७९ लाई संशोधन गर्न बनेको विधेयक, केही प्रदेश ऐनको साबिकको व्यवस्था जगाउने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र प्रदेश कृषि व्यवसाय प्रवर्द्धन अनुदान ऐन २०७७ लाई संशोधन गर्न बनेको विधेयक संसद्मा दर्ता भएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!