संगालोखबर

विराटनगर । सुशील कोइराला फाउण्डेसनले प्रजातान्त्रिक आन्दोलन र समाजसेवामा योगदान पुर्याउने पाँचजना महिला नेतृहरुलाई सम्मान गरेको छ । तीजका अवसरमा विराटनगरमा आयोजित कार्यक्रममा फाउण्डेसनले पाँचजना महिलालाई सम्मान गरेको हो ।

Advertisement

‘संस्कृति जोगाऔं, आत्मियता बढाऔं’ नाराका साथ फाउण्डेसनले आयोजना गरेको तीज विशेष कार्यक्रममा शान्ता रिजाल, नन्दकुमारी हुमागाईं, तेतरी राजवंशी, प्रभा आचार्य र चम्पा राईलाई सम्मान गरिएको थियो ।

उनीहरूलाई प्रजातान्त्रिक आन्दोलनको अग्रणी मोर्चामा रहेर आन्दोलनलाई सफल बनाउन महत्वपूर्ण भूमिका निर्वाह गरेको निष्कर्ष निकाल्दै सम्मान गरिएको प्रतिष्ठानकी अध्यक्ष मृदुला कोइरालाले जानकारी दिइन् ।

पूर्वउपप्रधानमन्त्री एवं नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य सुजाता कोइराला, फाउण्डेसनकी अध्यक्ष काङ्ग्रेस नेतृ मृदुला कोइरालालगायतले दोसल्ला ओढाएर सम्मानपत्र प्रदान गरेका थिए ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!