सन्तोष सुवेदी/संगालोखबर

धनकुटा । धनकुटाको सिधुवामा सिधुवा छथर जोरपाटी सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्र सञ्चालनमा आएको छ । शनिबार पुस्तकालय दिवसको अवसरमा उक्त केन्द्रको उद्घाटन गरियो ।

Advertisement

छथरजोरपाटी गाउँपालिका–६, सिधुवा बजारमा निर्माण भएको पुस्तकालय जापानी राजदूतावासका मिसन उपप्रमुख ताकाहिरो तामुराछथारजोरपाटी गाउँपालिका अध्यक्ष छत्रबहादुर सुब्बाले संयुक्त रुपमा उद्‌घाटन गरेका थिए ।

उक्त पुस्तकालय जापान सरकार र गाउँपालिकाको साझेदारीमा निर्माण गरिएको हो । जापान सरकारको तीन वर्षे आयोजना अन्तर्गत नेपालस्थित एसभिएरिड नेपालको समन्वय तथा प्राविधिक सहयोगमा निर्माण गरिएको जनाइएको छ ।

जापान सरकारको एक करोड ६२ लाख, गाउँपालिकाको ५० लाख र स्थानीयवासीको ३० हजार गरी कुल दुई करोड १२ लाख ३० हजार रुपैयाँमा आयोजना सम्पन्न भएको हो ।

पुस्तकालयमा बच्चादेखि ज्येष्ठ नागरिकहरूले ज्ञान र जीवनोपयोगी सीप सिक्न सक्ने छथरजोरपाटी गाउँपालिका अध्यक्ष सुब्बाले बताए । हलसहित बनेको उक्त नौ कोठे भवनमा बालबालिका कक्ष, युवा अतिरिक्त, महिला, बहुप्राविधिक, आइसिटी, पुस्तकालय, र जोखिम न्यूनीकरण कक्ष साथै अपाङ्गमैत्री कक्षा समेत छ ।

पुस्तकालयमा तीन हजारभन्दा बढी पुस्तकहरू राखिएका छन् । आगामी दिनमा स्थानीय स्तरमा रहेका बौद्धिक, सांस्कृतिक तथा सामाजिक क्षेत्रमा रहेको विभिन्न विषयमा पुस्तकहरू प्रकाशन गर्दै जाने जनाइएको छ ।

पुस्तकालयलाई दीगो रुपमा निरन्तर सञ्चालनका लागि कृषि प्राविधिक तालिम, मेकानिकल तालिम, होमस्टे, तरकारी प्रशोधन र कम्प्युटर लगायतका विभिन्न जीवन उपयोगी तालिमहरू निःशुल्क दिइने केन्द्रले जनाएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!