संगालोखबर

धनकुटा । जिल्ला प्रहरी कार्यालय धनकुटाले विभिन्न समयमा बरामद गरेको गाँजा जलाएर नष्ट गरिएको छ । धनकुटा नगरपालिका–९ स्थित तमोर नदीको किनारमा १ हजार ८३ केजी गाँजा जलाएर नष्ट गरिएको हो ।

Advertisement

धनकुटाको साँगुरीगढी गाउँपालिका र सहिदभूमि गाउँपालिका लगायत ठाउँबाट प्रहरीले गाँजा बरामद गरेको थियो । विभिन्न समयमा बरामद गरिएको गाँजा जलाएर नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रहरी निरीक्षक अनिलकुमार शाहले जानकारी दिए ।

धनकुटाको साँगुरीगढी गाउँपालिका–६ भेडेटार हुँदै गाँजा तराईतिर लैजाने गरेको पाइएको छ । त्यस क्रममा प्रहरीले निगरानी गरी गाँजा बरामद गर्दै आएको छ ।

खासगरी धनकुटाका सहिदभूमिसाँगुरीगढी गाउँपालिकामा गाँजा खेती हुने गरेको छ । प्रहरीले बेला बेला गाँजा खेती पनि नष्ट गर्दै आएको छ । गाँजा ओसार्न सक्रिय रहेका र पक्राउ परेका अधिकांश व्यक्ति साँगुरीगढीसहिदभूमि गाउँपालिका क्षेत्रकै छन् ।

गाँजा ओसारपसारमा संलग्न व्यक्तिहरू पक्राउ परेको तथ्याङ्कका आधारमा धनकुटामा अघिल्लो वर्षको तुलनामा गत आर्थिक वर्षमा पक्राउ पर्नेको सङ्ख्या दोब्बरले बढेको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!