संगालोखबर

धनकुटा । धनकुटाको महालक्ष्मी नगरपालिकाले आज शोक बिदा दिएको छ । महालक्ष्मी नगरको शिक्षा शाखाका पूर्व प्रमुख पुष्पबहादुर कटुवालको निधनमा नगरपालिकाले शोक बिदा दिएको हो ।

Advertisement

महालक्ष्मी नगरपालिका-१ घर भएका कटुवाल तत्कालीन मारेककटहरे श्रोतकेन्द्रका स्रोतव्यक्ति र सामाजिक विकास शाखाका पूर्व प्रमुख पनि हुन् । कटुवालको निधनमा श्रद्धाञ्जली व्यक्त गर्दै नगर कार्यपालिकाको कार्यालय, वडा कार्यालयहरू, नगर क्षेत्रभित्रका सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालयमा एक दिन शोक बिदा दिइएको महालक्ष्मीका नगर प्रमुख ध्रुवराज रायाले जानकारी दिए ।

स्वास्थ्य संस्थामा पनि आकस्मिक बाहेकका सेवा बन्द हुनेछ । जन्डिस, निमोनिया लगायत समस्याबाट ग्रसित ५६ वर्षीय कटुवालको उपचारका क्रममा मोरङको बुढिगंगास्थित विराट मेडिकल कलेज एण्ड टिचिङ हस्पिटलमा हिजो निधन भएको हो ।

मृतक कटुवालको पार्थिव शरीरलाई घर ल्याइएको छ । आज लेगुवा घाटमा अन्त्येष्‍टि गरिने बताइएको छ । स्व.कटुवालका श्रीमतिसहित दुई छोरा र दुई छोरी छन् ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!