सन्तोष सुवेदी/संगालोखबर
फाइल तस्बिर

धनकुटा । धनकुटाबाट एक वर्षमा ३६ अर्ब बढीको नगदेबाली, तरकारी तथा फलफूल निर्यात भएको छ । कृषि ज्ञान केन्द्र धनकुटाका अनुसार गत आर्थिक वर्ष २०८०/०८१ मा ३६ अर्ब ३५ करोड ६३ लाख ८३ हजार रुपैयाँ मूल्य बराबरको नगदेबाली, तरकारी तथा फलफूल निर्यात भएको हो ।

कृषि ज्ञान केन्द्रको तथ्याङ्क अनुसार गत आर्थिक वर्षमा ३१ अर्ब ५४ करोड ६४ लाख ४९ हजार रुपैयाँ बराबरको ६ हजार ५ सय ७६ दशमलव ६७ मेट्रिक टन नगदे बाली निर्यात भएको छ ।

Advertisement

यसैगरी २ अर्ब ३९ करोड ११ लाख ३६ हजार रुपैयाँ बराबरको ७७ हजार ४ सय २२ दशमलव ८५ मेट्रिक टन खाद्यान्न निर्यात भएको छ ।

ज्ञान केन्द्रका अनुसार १ अर्ब ६४ करोड ४० लाख २३ हजार रुपैयाँ बराबरको ५४ हजार ९ सय ८० मेट्रिक टन तरकारी र ५४ करोड ५७ लाख ३० हजार बराबरको २ हजार ७ सय ६३ दशमलव ३६ मेट्रिक टन मसला बाली निर्यात भएको छ ।

यस्तै २२ करोड ९० लाख ४३ हजार ७ सय ८० रुपैयाँको २ हजार २ सय ६५ दशमलव ९३ मेट्रिक टन फलफूल निर्यात भएको कृषि ज्ञान केन्द्र धनकुटाका प्रमुख नगरेन्द्र रानाले जानकारी दिए ।

धनकुटामा उपयुक्त हावापानी तथा सिँचाइको सुविधा भएको क्षेत्रमा व्यावसायिक तरकारीखेती गरिँदै आएको छ । जिल्लामा उत्पादन भएका ९० प्रतिशत तरकारी, खाद्यान्न, फलफूल, नगदे बाली तथा मसला बाली बाह्य निर्यात हुने गरेको केन्द्रका प्रमुख रानाले बताए ।

धनकुटामा उत्पादन भएका तराकारी तथा खाद्यान्न तराईका जिल्लासँगै भारत, भुटान र बङ्गलादेशसम्म निर्यात हुने गरेको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!