संगालोखबर

धनकुटा । चौबिसे गाउँपालिका घर भई धनकुटा सदरमुकाम बस्दै आएकाहरू सङ्गठित भएका छन् । उनीहरूको भेलाले ऋषिराम ढुंगानाको अध्यक्षतामा ‘चौबिसे एकता समाज धनकुटा’ गठन गरेको छ ।

Advertisement

पुर्खौली घर चौबिसे भई धनकुटा आएर बसोवास गर्दै आएका र विभिन्न सिलसिलामा धनकुटा बस्ने चौबिसेलीहरुको भेलाले एकता समाज गठन गरेको हो । समितिको उपाध्यक्षमा खड्गबहादुर राई, सचिवमा सोविस चेम्जोङ, कोषाध्यक्षमा महेन्द्र न्यौपाने र सहसचिवमा रोहिणी पाण्डे सर्वसम्मत चयन भएका छन् ।

अध्यक्ष ऋषिराम ढुंगाना

धनकुटा बजारमा करिब ५ सय चौबिसेलीहरु बसोवास गर्दै आएको अनुमान छ ।

उनीहरूलाई एकतावद्ध बनाउने र चौबिसेको विकास र समृद्धिका लागि एकता समाजले पहल कदमी गर्ने अध्यक्ष ढुंगानाले बताए । उनका अनुसार अफ्ठेरोमा परेका चौबिसेलीहरुलाई पनि एकता समाजले मद्दत गर्नेछ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!