संगालोखबर

धनकुटा । धनकुटाको साँगुरीगढी गाउँपालिका-६ मुक्तेनमा गएराती पिकअप गाडी पल्टिँदा एक जनाको मृत्यु भएको छ । मुक्तेनबाट नाम्जे जाँदै गरेको को.२ च ११०५ नम्बरको पिकअप राती करिब ९ः१५ बजे पल्टिएको हो ।

Advertisement

दुर्घटनामा परी साँगुरीगढी गाउँपालिका ६ का ३८ वर्षीय निरबहादुर मगरको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । पिकअपमा सवार साँगुरीगढी ६ का ३४ वर्षीय राजकुमार मगर, ३९ वर्षीय मिना मगर र उनकी छोरी ६ वर्षीया श्रेय मगर घाइते भएका छन् ।

मृतक निरबहादुर मगर ।

घाइतेहरूलाई उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लागिएको छ । घटनापछि चालक उदयपुरको उदयपुरगडी गाउँपालिका–७ का २४ वर्षीय अमिर मगरलाई इलाका प्रहरी कार्यालय भेडेटारले नियन्त्रणमा लिएको छ ।

पिकअप सडकबाट करिब ७० मिटर तल खसेको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!