संगालोखबर


धनकुटा । धनकुटाको सहिदभूमि गाँउपालिका-४ खोकुबाट गाँजासहित प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ । आँखिसल्लाबाट खटिएको प्रहरी टोलीले बुधबार बिहानको राति दुई सय ८७ किलो गाँजासहित २५ वर्षीय मेखराज राईलाई नियन्त्रणमा लिएको हो ।

राईले चलाएको को १ च ९२९० नम्बरको पिकअप चेकजाँचका क्रममा २५ बोरा गाँजा बरामद भएको प्रहरीले जनाएको छ ।

Advertisement

पिकअप र चालक सहिदभूमि-४ का राईलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!