संगालोखबर

धनकुटा । धनकुटाको सहिदभूमि गाउँपालिकाले स्थानीय पाठ्यक्रम ‘सहिदभूमि गाथा’ तयार पारेको छ । उक्त पाठ्यक्रमको लोकार्पण गरिएको छ । सरोकारवालासँग विभिन्न चरणको छलफल र स्थानीय शिक्षाविद् एवं बुद्धिजीवीहरूको राय एवं सल्लाह सुझावका आधारमा तयार पारिएको पाठ्यक्रमको गाउँपालिका अध्यक्ष मनोज राईले लोकार्पण गरेका हुन् ।

Advertisement

गाउँपालिकाभित्रका हरेक कुरा विद्यार्थीहरूलाई जानकारी हुने गरी विषयवस्तु समावेश गरेर पाठ्यक्रम तयार पारिएको गाउँपालिकाले जनाएको छ । स्थानीय पाठ्यक्रम कक्षा १ देखि ८ सम्म यसै शैक्षिक सत्रबाट लागू भएको शिक्षा शाखा प्रमुख मनोजकुमार पौडेलले जानकारी दिए । स्थानीय पाठ्यक्रम गाउँपालिकाभित्र रहेका ३९ वटा सामुदायिक विद्यालयमा लागू गरिएको उनले बताए ।

पाठ्यक्रममा स्थानीय विषयवस्तु, भाषा, कृषि, पर्यटकीय क्षेत्र, चाडपर्व, नदीनाला लगायतका कुराहरू समावेश भएका पौडेलले जानकारी दिए । त्यस अवसरमा अवकाश प्राप्त ५ जना शिक्षकहरूलाई सम्मान गरिएको थियो । सम्मानित हुनेमा मदनबहादुर राई, शमसेरमान राई, छत्र राई, प्रकाश राई र सुबदेव राई छन् ।

गाउँपालिका भित्रका विद्यालयमा कार्यरत शिक्षक र कर्मचारीहरूलाई परिचय पत्र समेत वितरण गरिएको शिक्षा शाखा प्रमुख पौडेलले जानकारी दिए । कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत नवीन कार्की, विभिन्न विद्यालयका प्रधानाध्यापक, सामाजिक विकास समिति संयोजक, शिक्षाविद्, शिक्षा शाखा प्रमुखलगायत सरोकारवालाहरूको उपस्थिति थियो ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!