संगालोखबर

धनकुटा । धनकुटा नगरपालिका–७ स्थित तमोर दिदीबहिनी बचत समूहले विश्रान्ति मन्दिर मूलघाटमा रहेका वृद्धवृद्धालाई भोजनको व्यवस्था गरेको छ । तिज आगमनको सन्दर्भमा मनोरञ्जनात्मक कार्यक्रम पनि गरिएको छ ।

Advertisement

विश्रान्ति मन्दिर परिसरमा अशक्त तथा आफ्ना छोराछोरी नभएका वृद्धवृद्धा बस्ने गरेका छन् । उनीहरूलाई भोजन गराएर नाचगानसहित मनोरञ्जनात्मक कार्यक्रम गरिएको समूहले जनाएको छ ।

आश्रममा  २० जना वृद्ध र १७ जना वृद्धा गरी ३७ जना छन् । यसैगरी, मन्दिरको गुरुकुलमा २६ जना बटुक अध्ययनरत छन् । त्यहाँ चारजना  कर्मकाण्ड प्रशिक्षकसमेत छन् ।

कार्यक्रमकी प्रमुख अतिथि कोशी प्रदेशसभा सदस्य लीला सुब्बाले विकृति विसंगतिलाई तोड्दै पर्वलाई जीवन्त राख्न सक्नुपर्ने बताइन् । आफ्नो संस्कृति जगेर्ना गर्न सबैले प्रयास गर्नुपर्नेमा उनले जोड दिइन् ।

पछिल्लो समय चाडपर्वको नाममा विभिन्न विकृति फैलिँदै गएकाले त्यसलाई चिर्दै र सेवामूलक काम गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको तमोर दिदीबहिनी बचत समूहकी अध्यक्ष देविका लुइँटेलले बताइन् ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!