धनकुटामा प्रहरीले बरामद गरेको १० क्विन्टलभन्दा बढी गाँजा जलाएर नष्ट
धनकुटा । जिल्ला प्रहरी कार्यालय धनकुटाले विभिन्न समयमा बरामद गरेको गाँजा जलाएर नष्ट गरिएको छ । धनकुटा नगरपालिका–९ स्थित तमोर नदीको किनारमा १ हजार ८३ केजी गाँजा जलाएर नष्ट गरिएको हो ।
धनकुटाको साँगुरीगढी गाउँपालिका र सहिदभूमि गाउँपालिका लगायत ठाउँबाट प्रहरीले गाँजा बरामद गरेको थियो । विभिन्न समयमा बरामद गरिएको गाँजा जलाएर नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रहरी निरीक्षक अनिलकुमार शाहल...































